माग पुरा नभएपछि नेकपामा प्रवेश

के पार्टी प्रवेश गरेकै होइन भन्ने सत्य हो त ?

शिखरसन्देश, काठमाडौं । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका–६ मा अहिले मात्रै दर्जनौंको संख्यामा नेपाली कांग्रेस परित्यग गरि जननिर्वाचित वडा सदस्यसहितको टोल नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । विगत लामो समयदेखि नेपाली कांग्रेस (नेका) मा आबद्ध रहेका भएपनि पार्टीले नागरिकको हितमा काम नगरेको भन्दै नेकपामा प्रवेश गरेका बताएका छन् । टोलबासीहरु मध्ये २९ घरले एक साथ नेकपामा प्रवेश गरेका हुन् ।
नेकपामा प्रवेशका बारेमा मिनबहादुर कार्कीको हस्ताक्षरत प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको वडा कमिटीले उक्त कुरा झुठो रहेको बताएको छ । साथै वडा सदस्यको हस्ताक्षर र ल्याप्चे रहेको विज्ञप्ति समेत जारी भएको र उक्त विज्ञप्तिमा आफूलाई नेकपाका केही साथीहरुले जबर्जस्ती प्रवेश गराएका समेत बताइएको छ ।

प्रेस विज्ञप्तिमा सत्यता छैन : गौरब राई

विज्ञप्तिको सन्दर्भमा माप्य दुधकोशी गाउँ कमिटि अध्यक्ष गौरब राईले भने ः यो हल्ला र बिज्ञाप्तीको पछि नलाग्नु र त्यसमा कुनै सत्यता नभएको बताए । प्रवेश उहाहरुकै ईच्छा अनुसार स्वैच्छिक पार्टी प्रबेश भएको र अहिले त्यसलाई बिपक्षीले झुटो प्रचार गरेको बताए । राईले प्रेस बिज्ञाप्ती पछि पनि वड सदस्यसँग कुराकानी भएको र कुराकानीका क्रममा आफूलाई बिज्ञाप्ती बारे केही जानकारी नरहेको र ल्याप्चे मात्रै गर्न भनी ल्याप्चे गर्न लगाएको भनी बोलेको कुरा सुरु देखि कै सबै प्रमाण आफुहरुसङ्ग सुरक्षीत रहेको जानकारी दिनु भएको छ ।
प्रवेश सन्दर्भमा टोलमा रहेको ३२ घरधुरिको साझा संस्था सिर्जशील युवा क्लवका अध्यक्षसमेत रहेका रामबहादुर विकका भनाई अनुसार – संस्थाको पहलमा आफुहरुलाई बारम्बारको छलफल पछि पार्टी प्रबेश पनि गर्ने भनि बोलाएको बताए । हामीले नेपाली कांग्रेसमा रहेर धेरै नै ग¥यौं र हे¥यौं । तर हामीलाई कहिल्यै पनि अगाडी ल्याउन सकेनन्, जहिल्यै पछाडि मात्रै पारियो । बलबहादुर केसीको पालादेखि अहिलेसम्म हामीले सयौं निवेदनहरु दिदासम्म पनि हाम्रो कुनै पनि माग पूरा गराएनन् र भएन । त्यसैले हामीले पार्टी परित्याग गर्नुको कुनै पनि विकल्प रहेन ।’ त्यसैले नेपाली काँग्रेसको तर्फबाट आश्वसन दिइएका कुनै बिकास निर्माणका काम नभएको र अबको बिकास निर्माणको काम नेकपाले मात्र गर्न सक्ने भएकोले पार्टी प्रवेश गरेका शिखरसन्देशलाई बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार