मनाङ एयरको विरामी उद्धारमा लापरबाही

नाम्चे उडान भएको मनाङ एयरको स्वीकार

शिखरसन्देश,  काठमाडौं, मनाङ एयरले बिरामीको उद्धारमा लापारबाही गरेको खुलेको छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नंं. ६ वाप्साका लागि भदौ १५ गते बिरामी उद्धारमा काठमाडौबाट उडेको मनाङ एयर 9N-ANJ हेलिकप्टर मौसमको कारण देखाउदै जिल्ला सदरमुकाम नजिक रहेको फाप्लु एयरपोर्टमा अवतरण गरेको थियो । सोही दिन उद्धार गरि काठमाडौ फर्कने गरि गृह मन्त्रालयको चलानी नम्बर ०६५७ उडान अनुमती पत्र लिएर सोलुखुम्बुको लागि उडेकोमा त्यही पासको दुरुपयोग गरि बिरामी उद्धार नगरी पैसाको लोभमा अन्य उडान गरि बिरामीको ढिलो उद्धार गरेको पीडित पक्षको भनाई छ ।
भदौ १५ गते सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा न ६ का ४२ वर्षिय दिल बहादुर रेग्मी मगर आफ्नो घरायसी कामकाजको लागि घर भन्दा केही तल रहेको दुधकोशी किनारमा रहेको बेला ५० मिटर माथीबाट सुख्खा पहिरो खसी टाउको र दाहिने पट्टीको नलि खुट्टामा गम्भीर चोट लागेको थियो । बिरामीलाई तत्काल काठमाडौ ल्याई उपचार गर्नुको बिकल्प नभए पछि हेलिकप्टर चार्टर गरिए पनि उक्त हेलिकप्टर बिरामीको उद्धार नगरी अर्को उडान गरेको थियो ।

बिरामीका आफन्त तथा मनाङ कम्पनीसँग हेलिकप्टरको लागि सुरुदेखि समन्वय गर्ने हिराकाजी रेग्मी मगरका अनुसार पहिलो दिन मौसम प्रतिकूलका कारण फाप्लुमा अवतरण गरे पनि अर्को दिन तत्काल उद्धारमा लाग्नुको साटो नाम्चे अर्को यात्रु लिन गएको र त्यहाँबाट केही यात्रु लिएर बिरामीको उद्धारमा करिब बिहान ८ बजे तिर वाप्सामा अवतरण गरेको थियो । करिब ५ मिनेट वाकुमा बसेर बिरामी लिएर उडेको हेलिकप्टर पुनः नाम्चेबाट ल्याएका यात्रुलाई फाप्लुमा अवतरण गराई ढिलो गरी काठमाडौ उडेको बताए । मगरले यसरी हेलिकप्टर कम्पनीले सम्झौता अनुसार काम नगर्दा तत्काल उद्धार गर्नुपर्ने बिरामीको समयमै उद्धार गर्न नसकेको बताए ।

बिरामीको उद्धारमा लगिएको हेलिकप्टर यसरी अर्को ठाउँमा उडान गर्नु सरासर गलत रहेको भन्दै कारबाहीको माग गरेका छन । बिरामी भन्दा अन्य कर्मचारीको समस्य ठूलो नभएको भन्दै के गरिबको पैसा चाहिँ पैसा हैन ? के धनिको पैसा मात्र पैसा हो ? गरिबहरुले यस्ता समस्य कहिलेसम्म झेल्नु पर्ने या यसरी नै मर्नुपर्ने भनि प्रतिप्रश्न समेत गरेका छन । मगरका अनुसार यसरी लापरबाही गरेको यो दोश्रो पटक भएको शिखरसन्देशलाई बताए ।

नाम्चे उडान भएको मनाङ एयरको स्वीकार
यस विषयमा शिखरसन्देशसँगको कुराकानीमा मनाङ एयरका स्टेसन मेनेजर निशान श्रेष्ठले नाम्चे उडान भएको स्विकार गर्नुभएको छ । शिखरसन्देशका रिपोर्टर सन्च खालिङसँगको कुराकानीमा श्रेष्ठले नाम्चे उडान गरेको स्विकार गर्दै पिडित पक्षले भने जस्तो भने नभएको बताए । पहिलो दिन मौसम प्रतिकूल भए पछि दोश्रो दिन फाप्लुमा रहेको बेला लकडाउनका कारण निकुञ्जको कर्मचारी, विद्युत प्राधिकरणको कर्मचारी र टावरको कर्मचारी नाम्चे जान समस्य भएर फाप्लुमै रोकिएर बसेको अवस्थामा काठमाडौबाट पुनः अर्को उडान गर्न समस्य भएकोले बिहान ९ मिनेटको उडान फाप्लुबाट नाम्चे गरेको बताए ।

बिरामीको उद्धारमा ढिलाई गर्ने कुनै मनसाय नभएको समेत बताउदै अहिलेको अवस्था नै प्रतिकूल रहेको कारण यसरी अर्को उडान गर्नु परेको बताए। एक फरक प्रसङ्गमा बिरामीलाई कम्पनीको तर्फबाट सहयोग समेत गर्ने सोचमा रहेको बताए । १ लाख ६० हजार एउटा उडानको लागि कम्पनीले लिदै आए पनि बिरामी भएको कारण १ लाख ५० हजारमा उद्धार गर्ने सहमती भएर १ लाख ३० मात्र रकम लिएर उडान भएको थियो । बाकी पैसा समेत अब कम्पनीले नलिने र बिरामीलाई नै सहयोग गर्ने स्टेसन मेनेजर श्रेष्ठले शिखरसन्देशलाई बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार