क्यान्सर पीडितका लागि खुत्रुके फुटाउने १० वर्षीय बालिका

मलाई बचाउनु होस क्यान्सर पिडित : दर्नाल

 

शिखरसन्देश, काठमाडौं, सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नं.४ का एक १० वर्षीय बालिका रायल राईले क्यान्सर पीडितका लागि आफ्नो खुत्रुके फुटाएका छन । राई अभिभावकसँग हाल सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीमा बस्दै आएकी छिन ।
जिकुकर्नर फाप्लुमा कक्षा ६ मा अध्ययनरत राई आफु सानै देखि शिशिर भण्डारी र भाग्य न्यौपानेको कामबाट प्रभावित भएको बताउछिन् । पछि आफू पनि शिशिर र भाग्य जस्तै पत्रकार बन्ने सपना साचेकी राईले भविष्यमा अब्बल पत्रकार बन्नका लागि क्यामेरा किन्न पैसा खुत्रुकेमा जम्मा गरेका थिइन् । तर सोलुखुम्बु कै माप्य दुधकोशी गाउँपालिका वडा न १ का १६ वर्षिय क्यान्सर पिडित धन लक्ष्मी दर्नालको अवस्था देखे पछि उनको क्यामेरा किन्ने सपना तुहिएको बताइन् ।
सामाजिक सन्जाल मार्फत फाप्लु अस्पतालमा बिरामीलाई तत्काल रगत चाहिएको जानकारीका आधारमा रायलका बुबा दुर्गा राई बिरामीलाई रगत दिन अस्पताल जादा बुबासँगै अस्पताल पुगेका रायलले फाप्लु अस्पतालमा क्यान्सर बिरामी दर्नालको अवस्था देखे पछि उनले आफ्नो खुत्रुके फुटाएर खुत्रुकेमा जम्मा भएको पैसा बिरामीलाई सहयोग गर्ने सोच बनाएका थिए । खुत्रुकेमा जम्मा भएको ७,२५०/- (अक्षरेपी सात हजार दई सय पचास रुपैयाँ) रकम बिरामीलाई हस्तान्तरण गरेकी बताउछिन् । विरामीका लागि सबैसँग सहयोगको अपिल मात्र गरिनन् । उनले उक्त बिरामीको अवस्था शिशिर भन्डारी र भाग्य न्यौपान्नेसम्म पु¥याई दिन आग्रह गरेको बताउछिन् ।

उनको सबै कृयाकलाप क्यामेरामा कैद गरि “नमस्ते सोलु” नामक युट्युब च्यानलमा अपलोड गरेको थिए । भिडियो अपलोड गरेपछी हेर्ने सबैले बालिकाको खुलेर प्रसंसा मात्र गरेनन् सबैले सहयोग समेत गर्ने बताएका छन । सबै तिरबाट सहयोग गर्ने आश्वासन पाए पछि राईका आमा आरतीको नाममा राष्ट्रिय बाणिज्य बैंक सल्लेरी शाखामा 2020100015340010 नम्बरको खाता खोली सहयोग समेत सङ्गकलन गर्न सुरु गरेका छन् । सबै परिवार नै बिरामीको सहयोगको लागि लागि परेका छन । यस अघि नै उनका बुबाले बिरामी दर्नाललाई आफैले ब्लड समेत दिएका थिए । पत्रकारिताको सपना लिनु भन्दा पहिला राई यस अघि कलाकारिता गर्दै आएका थिए । उनको सम्पुर्ण भिडियो हेर्न नमस्ते सोलु लिन्कमा हेर्न सकिनेछ ।

मलाई बचाउनु होस क्यान्सर पिडित : दर्नाल
शिखरसन्देशका रिपोर्टर सञ्च खालिङसँगको छोटो कुराकानीका क्रममा पीडित दर्नालले आफुले पैसा अभाव भएको कारण उपचार गर्न नसकेको बताईन । आफूलाई काठमाडौ उपचार गर्न जान भनी जिल्ला अस्पताल फाप्लुले रिफर गरे पनि पैसा अभाव भए पछि फाप्लु स्थित आफन्तको घरमा बस्दै आएका बताए । पहिला पनि उपचारको लागि काठमाडौ आएर ४र ५ वटा अस्पताल पुगे पनि पैसा अभावका कारण उपचार हुन नसकेपछि फर्किएको बताउछिन ।
पिडितका अनुसार केमो थेरापी र रेडियो थेरापी बिधिबाट उपचार गर्नुपर्ने बताईन । आफुले उपचार गर्ने सहयोग जुटे आफू बाँच्छु कि भन्ने थोरै आशा रहेको बताउदै आफ्नो अभिभावक समेत खर्चको बन्दोबस्त गर्न लागि परेको शिखरसन्देश जानकारी दिए । यही समाचार सम्प्रेसनसँगै यहाँहरुले पनि नीज दर्नालको लागि सकेको आर्थिक सहयोगमा सहयोग गर्न शिखरसन्देश टिम थप अपिल गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार