शिखरसन्देश, काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संसारभर जनजीवन अस्तव्यस्त छ । यसको भ्यक्सिन समेत नबनेको अवस्थामा अहिले मास्क र PPE लगाएर आफै जोगिनुको बिकल्प पनि छैन । त्यही पनि अहिले पाउन गाह्रो छ । बाहिरबाट आयत गर्ने अवस्था पनि नभए पछि नेपालको एक मात्र राष्ट्रिय आविस्कार केन्द्रलाई PPE बनाउने जिम्मा सरकारले दिए पनि अहिले कच्चापदार्थ अभावको कारण आवश्यक मात्रमा PPE बनाउन नसकिएको आविस्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले शिखरसन्देशलाई बताए ।
शिखरसन्देशका रिपोर्टर सन्च खालिङसँगको कुराकानीमा पुनले अहिले बजारमा माग धेरै भएको भएपनि दैनिक १०० वटा भन्दा बढी बनाउन नसकिएको बताए । हामीसँग PPE माग अत्याधिक छ तर हामीले एक छेउ पनि पु¥याउन सकेका छैनौ । पहिला सुरुसुरुमा हामीले दैनिक ४००/५०० सम्म बनाए पनि अहिले कच्चापदार्थ अभावका कारण बनाउन नसकिएको हो । अहिले बजारमा भएको सबै कपडा सकि सकेको छ । जस्तो पायो त्यस्तो कपडाको बनाएर काम छैन । राम्रो कपडा बजारमा सक्यो बाहिरबाट ल्याउन अहिले सम्भावना छैन । अहिले पनि स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवी, राहात वितरण गर्नेहरुले सबभन्दा बढी माग गरेको पुनले बताए ।
अहिले बिहान ५ बजे देखि बेलुकासम्म मान्छे आएर लाईनमा बस्छन तर PPE पु¥याउन सकेका छैनौ । यदि सरकारले प्रशस्त मात्रामा कच्चापदार्थ उपलब्ध गराउने हो भने दैनिक १५०० सम्म बनाउन सकिन्छ जसले गर्दा थोरै भएपनि माग पुर्ती गर्न सकिन्छ । अहिले पनि दैनिक जसो मेरो समय ३०/४० प्रतिशत समय PPE सोध्नेले नै खाईदिएको बताउँछन् । अहिले लकडाउन भए पनि आविस्कार केन्द्रमा भने काम निरन्तर २४ सै घन्टा हुने महावीर पुनले शिखरसन्देशलाई बताए । सकारले आविष्कार केन्द्रलाई आवश्यक PPE कच्चा पदार्थ समयमा नै उपलब्ध गरीदिन हुन शिखरसन्देशको जोडदार माग रहेको छ ।