शिखरसन्देश । सोलुखुम्बु, जिल्लाको स्थानिय तह माप्य दुधकोशी गाउँँपालिकाको नाम जिल्लाकै चर्चामा आई रहने गाउँँपालिका भित्र पर्छ । कहिले अध्यक्षले भ्रष्टाचार गरेको आरोपमा त कहिले नाम, केन्द्रको विषयमा चर्चामा छ । यसरी राम्रो काम गरेर भन्दा पनि नराम्रो कामको समचारका कारण चर्चाको अग्रपंक्तिमा पर्दछ । यस्तै फेरि पनि गाउँँपालिकाको अध्यक्ष बुद्धिकिरण राई विरुद्धको मुद्धाको विषयले फेरि चर्चामा आएको छ ।
गत भदौ १५ गते simrikonline ले “करोडौ घोटलाको आरोपमा माप्य दुधकोशी गाउँँपालिका अध्यक्ष विरुद्ध ४ वडा अध्यक्षले दिए अख्तियारमा उजुरी” शिर्षकको समाचार सम्प्रेषण गरे पछि चर्चा चुलिएको हो । समचार लगतै शेयर र संजाल प्रयोगकर्ताको प्रतिक्रियाले सामाजिक संजाल रङ्गिएको थियो । पक्ष र विपक्षमा थुप्रै प्रयोगकर्ता मध्य अधिकांसले अध्यक्षलाई कारबाही गर्नुपर्ने माग समेत गरे ।
सामाजिक सन्जालमा तिब्र रुपमा जताततै कारबाही र सत्यतथ्य निस्पक्ष छानबिनको माग भएपछि समाचार प्रकाशित भएको चौथो दिन गाउँपालिकाका प्रबक्ता एबम वडा नं. २ का अध्यक्ष समेत रहेका तेज बहादुर मगरले हस्ताक्षर रहेको विज्ञप्ती जारी गरेको छ । जारी विज्ञप्ती मार्फत सामाजिक संजालमा गाउँपालिका अध्यक्ष बारे आएको समाचारको भ्रामक रहेको उल्लेख छ । विज्ञप्तीमा लेखिएको छः सामाजिक संजालमा गाउँपालिकाका अध्यक्षको मानमर्दनमा आँच पर्ने गरि आएको भ्रामक समाचारप्रति गम्भीर ध्यानकर्षण भएको छ ।
सबै योजनाहरु अध्यक्ष आफै संयोजक रहेको अनुगमन समितिको प्रत्यक्ष निगरानीमा सम्पन्न हुने हुदा उक्त समाचारमा आए जस्तो कुनै सत्यता नभएको जनाएको छ । गत स्थानिय निकायको निर्वाचन पछि जनप्रतिनिधिहरुले नेपाल सरकारको प्रचलित ऐन, कानुनले निर्देश गरे बमोजिम काम कार्वाही कार्यान्वयन गर्दै आएको छ । यस्तो गलत सुचना सम्प्रेषण नगर्न सबै सरोकारवाला लगायत सम्पुर्णमा आग्रह गर्दै सबै गाउँपालिकाको हितमा लाग्न समेत आह्वान गरिएको छ ।
अध्यक्ष विरुद्ध हामीले मुद्धा हालेका छैनौ : न. ५ वडा अध्यक्ष निम राज तामाङ
भ्रष्टाचार मुद्धा परेको समाचार तथा भ्रामक प्रचारबाजीप्रति सो मुद्धा हाल्ने व्यक्ति भनिएका मध्य वडा न ५ का वडा अध्यक्ष निमराज तामाङले गाउँपालिका अध्यक्ष बिरुद्धको उजुरी बारे आफू अनविज्ञ रहेको बताएका छन् । शिखरसन्देशका रिपोर्टर सन्च खालिङसँगको कुराकानीमा तामाङले समाचार बारे यसो भनेका छन् “ समाचारप्रति आफू अनविज्ञ रहेको, यो कसरी लेख्यो, कसले लेख्यो, कसलाई सोधेर लेख्यो हामीलाई कुनै जानकारी नभएको बताए ।”
अनि के तपाईले उजुरी दिनुभएको गलत हो ? भन्ने प्रश्नमा तामाङले भने– “आफू सहितको ४ वडा अध्यक्षले गत वर्ष जिल्ला प्रशासन कार्यलयमा गाउँपालिकाका कर्मचारी विरुद्ध विधि र पद्धतिमा असहमति राख्दै छानबिन गर्न निवेदन दिएको साँचो हो तर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारमा कुनै उजुरी दिएका पनि छैनौ यो सरासर झुटो हो भन्दै यस्ता भ्रामक समाचारको पछि नलाग्न समेत आग्रह गर्नुभयो ।” माप्य दुधकोशी गाउँपालिका र गाउँपालिकाका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्धा परेको समाचार तथा भ्रामक प्रचारबाजीप्रति चारै जना वडा अध्यक्षहरु अनविघ भएको भन्दै आपत्ति जनाइरहेको ५ नं. वडाध्यक्ष निमराज तामाङले शिखरसन्देशलाई बताए ।