संगम खालिङ राई
माप्य दुधकोशी–४, सोलुखुम्बु
गजल
सुन्छु आज उसले धोका दियो भन्छौ रे
मलाई छोडी अर्काको साथ लियो भन्छौ रे ।
स्वार्थी दुनियाँको रितै यस्तै रै’छ
स्वार्थ लुटी उनै कसम टाढा भयो भन्छौ रे ।
बाध्यतामा म कतै हराइरहेथेँ
निष्ठुरीले अन्तै मुटु सियो भन्छौ रे ।
दुई दिनमै विरानो भइदियो तिमी आफैं
मलाई बर्बाद पारी छोडी दियो भन्छौ रे ।
जे मन लाग्छ त्यही गर्ने बैगुनी तिमी
उल्टै मलाई ढाँटेर गयो भन्छौ रे ।