शिखरसन्देश, सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई (सुरवीर) ले समृद्ध नेपाल सुखी नेपाली नारालाई सार्थक बनाउन कर्मचारीको भुमिका निर्णायक र महत्वपूर्ण हुने बताएका छन । सोलुखुम्बु जिल्लाको स्थानिय तहमा १७औं निजामती सेवा दिवसको अवसरमा आयोजित छलफल तथा वृक्षारोपन कार्यक्रमलाई सम्बोधन गर्दै माननीय राईले “अब कर्मचारी, जनप्रतिनिधि, सरकार सबै मिलेर काम गर्नुपर्ने बताए ।” सो कार्यक्रम नेपाल निजामती कर्मचारी सङठन नेचासल्यानले आयोजना गरेको हो ।
आयोजित कार्यक्रममा माननीय राईले अहिलेसम्म निजामती कर्मचारीले गरेको राम्रो कामको प्रशंसा गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । कार्यक्रममा राईले अब सरकार समृद्ध नेपाल निर्माण गर्न लागि परेको भन्दै, “सरकारले मात्र काम गर्न नसक्ने र त्यसमा कर्मचारीले समेत ईमान्दारिताका साथ जिम्मेवार बहन गर्नुपर्ने” बताए ।
नेचासल्यान गाउँपालिकाले आयोजना गरेको सो कार्यक्रममा संघीय सांसद हेमकुमार राई (सुरवीर) को प्रमुख आतिथ्यता, नेपाल निजामती कर्मचारी संगठन प्रमुखको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । सम्पन्न कार्यक्रममा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थितिमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रम सुरु हुनु पर्व नै गाउँपालिकामा बृक्षरोपन कार्यक्रम सम्पन्न भएको थियो । अहिले माननीय राई कोरोना कहरले पारेको असर, त्यसको न्युनीकरण र निर्वाचन क्षेत्रको सर्वाङ्गिन विकासको सम्भावना र अवस्था बुझ्न निर्वाचन क्षेत्रमा खटि राखेको सचिवालयले शिखरसन्देशलाई बताए ।
photo: bhupen kattel