वैवाहिक जीवनको अवसरमा सहयोग प्रदान गर्ने दम्पति

शिखरसन्देश, काठमाडौं, सहयोग कहिल्यै सानो हुदैन, मात्रामा ठूलो होस या सानो सहयोगी भावना राख्नु नै ठूलो कुरा हो। सहयोग गर्न धन भन्दा पनि ठूलो मन चाहिन्छ। यस्तो ठूलो मन जो कोहि सङ्ग हुदैन। तर यहाँ एउटा यस्तो जोडि भेटिए । जसले आफ्नो वैवाहिक जीवनले सफलता पुर्वक दोश्रो वसन्त पार गरेको अवसरमा यत्ति ठूलो सहयोग हस्तान्तरण गरे । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका १ मोलिका युवा नेता (किरात पार्टीका अध्यक्ष), समाजसेवी, सञ्चारकर्मी एवं मोडल शान्तिराज राई र सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँँपालिका-१, जुभिङका मोडल, गितकार तथा समाजसेवी ममता राईबीच २०७५ सालमा किराँती परम्पराअनुसार बैबाहिक जीवनमा बाँधिएका थिए ।

बैबाहिक जिवनले दोश्रो वसन्त पार गरेको २०७७ भदौ २२ गते दुई वर्ष पुरा गरी तेस्रो वर्षारम्भको पुनित अवसरमा समाजसेवी शान्ती राज राई द्वयले गोकर्ण नगरपालिका वडा न ४ मा स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा पुगि सहयोग हस्तान्तरण गरेका छन। उक्त सहयोग अध्यक्ष समेत रहेका तिल बहादुर कार्किले लिए भने अध्यक्ष कार्किले सहयोग ग्रहण गर्दै आफ्नो र ४८ जना बच्चाहरुको तर्फबाट सहयोगको लागि हार्दिक धन्यवाद दिदै बाँकी वैवाहिक सफल जीवनको शुभकामना समेत दिएका थिए ।

राईले मासु, दाल, तरकारी, चिउरा, बिस्कुट, साबुन लगायत थुप्रै खाद्यान्न तथा दैनिक अत्य आवश्यकीय सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सामाजिक रुपान्तरण र बिकृती बिसङ्गतीबारे कडा रुपमा प्रस्तुत हुँदै आएका समाजसेवी राई राजनिति, समाजसेवा, मोडलिङको अलवा सञ्चार क्षेत्रमा ब्यस्त छन। मोडल, गितकार तथा समाजसेवी ममता राई बिगत केही वर्ष देखि अमेरिकाको न्युयोर्क सहरमा रहँदै आएका छन् भने पेशाले ब्युटी पार्लर पेशा अङ्गाल्दै आएकी छिन।

ममता अमेरिका मै बस्दै आएपनी अमेरिका मै ममता जनहित फाउन्डेसन खोली फाउन्डेसन मार्फत समाज सेवा गर्दै आएका छन् । ममता फाउन्डेसनले सोलुखुम्बुको स्थानिय तह माप्य दुधकोशी गाउँपालिका १ जुभिङमा बुढाबुढीहरुलाई जाडो महिनामा लत्ताकपडा, औषधि खर्च तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएका छन् । अमेरिकाको ब्यस्त समयको बादजुद पनि बेला बेला छोटो समय निकालेर समाज सेवामा नेपाल आउने गरेका छन् । ममता राई समाज सेवासङ्गै मोडल तथा गितकार समेत हुन।

ममता राईले “ममता”, “धुवा: लगायत सृजनाहरु बजारमा ल्याईसकेका छन भने थुप्रै सृजनाहरु बजारमा आउने क्रममा रहेको छ । सधै आफ्नो जीवन भन्दा सामाजिक चिन्तनका साथ समाजसेवामा तल्लीन यी दम्पती जोडिलाई यसरी नै समाज सेवा गर्दै अगाडि बढ्न अझ हौसला र प्रेरणा मिलिरहोस् । यहि कामनाका साथ सफल वैवाहिक जीवनको हार्दिक शुभकामना शिखरसन्देश टिम ब्यक्त गर्दछ |

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार