मानिसको विभिन्न स्तरको व्यहार उनीहरूको काल्पनिक तथा व्वसायिक सिपबाट श्रृजना गरिएका वा आफुले जानेको सिपलाई कला भनिन्छ । यसै सन्दर्भमा आजा मैले एउटा त्यस्तो कलाको चर्च गर्न गइरहेको छु । कृपया सुरु देखि अन्तिमसम्म पढी दिनुहोला र पढी सकेपछि आफुलाई लागेको राय, सल्लाह र सुझावको लागि कमेन्ट बक्समा राखिदिनुहोला । वा shikharsandesh75@gmail.com मा पठाईदिनुहोला ।
मसँग श्रष्टा सर्जकसँग हुनुपर्ने गुण त केही छैन तर पनि गीत संगीतसँग मेरो गहिरो सम्बन्ध छ । म प्रायः गीत संगीतबिना बस्नै सक्दिन । मोबाईल सिरानीमा राखेर गीत सुन्दै निदाउने बानी परेको छ । कहिले काहीँ मोबाईलमा ब्यट्री छैन या बत्ति नहुदा गीत बजेन भने निदाउन सक्दिन । म प्रायः बजारमा आएको सबै गीत सुन्छु अनि कुन गीतको श्रष्टा सर्जकको हुन खोजी हाल्छु । गीत सँगीतसँग सम्बन्धित कार्यक्रम त झनै छुट्टाउदिन । यहि शिलशिलामा गत वर्ष “भ्वाईस अफ नेपालको सिजन २” चल्दै थियो । म यो कार्यक्रम पनि सिजन एक बाटै नियमित हेर्ने गर्थे । मलाई यो कार्यक्रम यत्ती धेरै मनपर्छ अहिले पनि कुनै एपिशोड हेर्न छुटाउदिन ।
एक दिन म भ्वाईस अफ नेपाल हेर्दै थिए । एक साधारण जीवन शैली देखिने गायिका बहिनी स्टेजमा उक्लिएर मेलिना राईको कम्मर माथी पटुकी भन्ने बोलको गीत गाईन् । मैले हेरि रहे । त्यो ब्लाईन्ड अडिसन राउन्ड थियो । अनि गीत सक्न लाग्दा अन्त्य तिर कोच आस्था राउतले बज गरेर कुर्ची घुमाईन । सुरिले स्वरमा राम्रो गीत गाउने बहिनीले गीत सक्ने बित्तिकै बोल्दै “म रिता राई ! म आँखा देख्दिन को–को कोचहरु फर्किनुभयो कि भएन भनेर म थाहा पाउन सक्दिन ।” यत्ती बोली सक्दासम्म मेरो त मुटु छिया छिया भएको थियो । अनि थाहा भयो ती चेली त हाम्रै छिमेकी जिल्ला संखुवासभाको पो रहेछिन् । त्यही भएर पनि अझ ती बहिनीप्रती मेरो सम्मान अनि स्नेह अझ बढ्दै गयो । लाग्यो हाम्रो पुर्वले फेरि एक प्रतिभावान कलाकार जन्माई दिएछ । धन्य ती महान् आमाबुबालाई पनि !
यसै गरि कार्यक्रम चल्दै थियो अचनाक “नकाआउट रन” बाट रिता बाहिरिन् तर मेरो मनबाट भने उनी कहिल्यै बाहिरिएनन् । त्यो दिन देखि रितालाई भ्वाईस अफ नेपालमा देख्न छाडे पनि बरु अझ अर्को एपिशोडका खु्ट्कीला चढ्दै गइरहेको भान भइरह्यो । सोचे यी बहिनी यसरी नै यहि क्षेत्रमा लागि रहे अवस्य पनि एक दिन उनको जादुमयी स्वरमा गीत सुन्न पाईन्छ । पक्कै प्रत्यक्ष भेट्न गर्न पाइन्छ भन्ने ईच्छा र अभिलाषालाई कहिल्यै मारिन । यसरी नै धेरै समय बित्दै गयो लगभग उसलाई मैले बिर्सी नै सकेछु क्यार ! अचनाक एक दिन मेरो फेसबुकमा साथी भएका एक बेलायती सेनामा कार्यरत सेमन्त राई जो साहित्यकार र गीतकार पनि हुनुहुन्छ । उहाँले मलाई एउटा गीतको लिन्क पठाउनु भयो । मैले लिन्क खोले हाम्रो संखुुवासभा बोलको गीत जो सेमन्त राईले नै रचना गर्नुभएको गीतमा रिताको आवाज रहेछ । मेरो खुसिको सिमा नै रहेन । मैले हत्तपत्त गीत शेयर गरे अनि एउटा अनलाईनमा गीतको लिन्क पठाएर न्युज पनि बनाउन लगाए ।
गीत शेयर गरेको केही दिनमै मेरो फेसबुक टाईमलाईनमा रिता राइको फेसबुक देखे मैले साथी बन्न अनुरोध पठाए तत्काल स्वीकृत भयो । मैले सोधी हाले बहिनी के छ ? उत्तर आयो ठिकै छ । तर मलाई विश्वास लागेको थिएन किनकी उहाँ त दृष्टिबिहिन मान्छे कसरी फेसबुक चलाउछ ? अनि सोधे पनि यो आईडी आफैले चलाउनु हुन्छ ? मैले जवाफ पाईन अनि मलाई लाग्यो यो उनका फ्यानहरुले माया गरेर चलाई दिने रहेछ …. । त्यसको केही समयमा एक जना बहिनीले त्यही गीतको लिन्कमा मीठो आफ्नो प्रतिक्रिया दिइन ! अनि मलाई साथी बन्न फेसबुकमा अनुरोध पठाउनु भएको रहेछ । मैले स्वीकृत गर्ने बित्तिकै उताबाट “नमस्कार दाइ“ सञ्चै हुनुहुन्छ ? मैले अचम्म मान्दै भने सञ्चै बहिनी तर मैले त चिनिन हाम्रो भेट पहिला कहि भएको थियो कि ? सरि है माफ पाउ मैले याद भएन । उनले भनिन म रिताको बहिनी हो । गीत शेयर गर्नुभएछ माया गर्दिनु भएकोमा धन्यवाद । मैले सोधी हाले रिताको आईडी कसले चलाउछ त ? उनले उत्तर दिईन आफैले चलाउनु हुन्छ । त्यसपछी अरुको ब्यक्तिगत जिवनमा धेरै प्रश्न गर्न उचित ठानिन र सोधिन पनि । तर मलाई अचम्म लागि रह्यो दृष्ट्रीबिहिनले कसरी फेसबुक चलाउछ ? कि उनी दृष्ट्री बिहिन नै हैन ? हो भने कसरी ? होइन भने किन त्यसरी दृष्ट्री बिहिन भनिन् ? यसको वास्तविकता एक दिन खोजी छाड्ने मैले अठोट गरे ।
लकडाउनको समय थियो म आफ्नै काममा ब्यस्त थिए । एकदिन एका बिहानै मोबाईलको म्यासेन्जरमा म्यासेज आयो । खोलेर हेरे रिता बहिनीले म्यासेज गर्नुभएको रहेछ । गुड मर्निङ दाई मैले उत्तर दिदै भने मलाई बहिनी तपाईको नम्बर दिन मिल्छ ? उताबाट नम्बर आयो मैले हत्तपत्त कल गरे । बहिनी मलाई बहिनीसँग भेट्न मन लागेको छ भेट्न मिल्छ ? बहिनीले भेट्न त्यत्ती मन गरिनन । म बाहिर निस्कन सक्दिन भनिन । मैले भने अहिले बाहिर निस्के पनि बस्ने स्थिती छैन । आउन मिल्छ भने म उतै आउछु भने । उनले अप्ठेरो मान्दै हुनत हुन्छ म दिदी भेनासँग उहाँहरुकै सानो रुममा बसछु भनिन् । मैले उतै आउछु भनी लोकेशन मागे । चाबहिल नजिक रहेको कालोपुल भन्दा अलिक भित्रको लोकेसन दिईन् ।
म उनलाई भेट्नकै लागि भनी अरु बेला भन्दा अलिक चाडै हतार हतार खाना खाएर क्यामेरा बोकेर बहिनीको कोठातिर लम्किए । मनमा कौतुहलता थियो । ती बहिनी के साँच्चै दृस्ट्रीबिहिन छिन त ? आज वास्तविकता थाहा पाउने उत्साह म मा निक्कै थियो । लकडाउन छ सुनसान काठमाडौ शहर तर पनि म उत्साहित भएर रोडमा यात्रा गर्दै थिए । म पनि उनले दिएको लोकेसन नजिक पुगेर कल गरे उनले त्यही लोकेसनमा दिदिलाई लिन पठाईन । म दिदिको पछि पछि पछ्याउँदै गए । सानो गल्ली रहेछ त्यही गल्ली छिचोल्दै जाँदा साढे दुईतलाको पुरानो मोडेलको घरको दोश्रो तल्लामा रहेछन उनिहरुको कोठा । दुई वटा खाट एउटा सोफा राखिएको कोठामा सामानहरु मिलाएर सजाएर राखेको रहेछन । म भित्र पसे रिता बहिनी पुर्व पट्टिको सानो खाटमा मोबाईल समातेर निहुरिएर बसेकी रहेछीन । कालो चस्मा, हरियो कलरको कुर्था अनि सेतो सुरुवाल लगाएर बसेकि उनलाई मैले सुरु मै नमस्ते बहिनी सन्चै हुनुहुन्छ भने । उनले सञ्चै भनिन तर निहुरिएर अर्को तिर फर्केर बसि रहिन । मलाई अप्ठेरो लागि राथ्यो बहिनी किन मैले बोलाउदा पनि म तिर फर्केर हेरिनन?? कतै म भेट्न आको मा खुसी पो छैनन कि? फेरि एकै छिनमा सम्झे ए साँची उनि त बिचरा मलाई कसरी देख्न सक्थिन र म तिर हेर्थिन ? आफैले आफ्नो मनलाई सम्झाए ।
त्यसपछी कुराकानी सुरु भयो । मैले क्यामेराको स्ट्यान्ट राखेर क्यामेरा अन गरेर भिडियो खिच्न सुरु गरे । तर मैले उनलाई क्यामेरा अन गरेको सुईको सम्म दिईन । किनकि मलाई उनी क्यामेरा छ भन्ने थाहा पाउनु भयो भने सबै कुरा खुलेर कुरा गर्नु हुन्न कि जस्तो लाग्यो ! त्यस पछि हाम्रो कुराकानी सुरु भयो । मैले सुरुमै सोधे मोबाइलमा कसरी सामाजिक सञ्जाल चलाउनु हुन्छ ? बहिनीले भनिन हामी दृष्टिबिहिनहरुको लागि मोबाईलमा एउटा छुट्टै सेटिङ हुन्छ । हामीलाई त्यही सेटिङ्मा भएको भ्वाइसको मद्दतले मोबाइल चलाउछौ । अनि हामीले चलाएर हे¥यौ पनि साँच्चै जे लेखियो त्यही भ्वाईसमा आउने रहेछ । यो कुरा मलाई आजसम्म थाहा थिएन । अनि उनी कुरा गर्दै गईन म बिच बिचमा प्रश्न सोध्दै गए । उनी सानोमा अरु जस्तै सामान्य नै थिए । म ४ वर्षको हुदा मैले आँख गुमाएकि हु । उपचार पाईन तर आँखा गुमाउनुमा पैसा कै कारण हो । सुरुमा आँखा चिलाउथ्यो अनि खटिरा देखा प¥यो । पछि उपचार नपाए पछि पुर्ण रुपले आखाको ज्योती गुम्यो । अहिले आँखाको ज्योति गुमे पछि रङ्गिन दुनियाँ देख्न छाडेको धेरै भयो । रिताको परिवारमा रिता बाहेक उनका एक जना अर्का दिदी पनि अपाङ्ग रहेछन । उनको दिदिलाई सुरुमा प्यारालाईसिस भएको रहेछ । मेरो दिदिले पनि पैसाको अभावमा उपचार पाउनु भएन अब सम्भावना छैन । यसो भन्दा र परिवारको कुरा आए पछि आँसु झार्दै कुरा गरिन । अनि सलले आँसु पुच्दै कुरा अगाडि बढाई रहिन । अहिले ती अपाङ्ग दिदी र बाबा ममि मात्रै गाउमा हुनहुन्छ । बाबा ममि सारै दुखले बाची राख्नु भएको छ । आर्थिक अवस्था एकदमै डामाडोलको अवस्था छ । दिदिको हालत त्यस्तै छ मेरो पनि त्यस्तै छ । सम्पतिको कुरा गर्दा गाउमा पनि एउटा घरेटी बाहेक जग्गा जमिन छैन । यस्तै भावुक भएर कुरा गर्दै गैइन । अनि धेरै भाबुक भएपछी कुरा मोडेर भ्वाईस अफ नेपाल तिर मोडे । म भ्वाईस अफ नेपालको लागि काठमाडौ आएको अब गाउँ जानू छ कसरी जाने होला । जान सहज नि छैन । मत अलिकती पर निस्किनु पर्दा पनि अरुको साहारा चाहिन्छ । मत बाचेर पनि आफुले त दुख पाउछु नै अरुको लागि पनि घारो हुने रहेछु । उनी कतै कतै फेरि आफू बाचेकोमा समेत आत्मा ग्लानी समेत गर्थिन बेला बेला । अनि मैले पनि उनको मनोबल उच्च रहोस भनेर झमक घिमिरेको जिवनीका बारेमा बताए । उनी पनि नेपालको ठूलो साहित्यकार हुन तर उनले खुट्टाले साहित्य लेख्थिन । तिमी मात्र संसारको एक्लो होइनौ । धेरै भित्रका एक हौ । तिमी त झन कलाकार हौ झन राष्ट्रकै गहना भयौ । गर्भ गर्नु पर्छ भनेर सम्झाए । तर मैले जति सजिलो गरि सम्झाए पनि बिचरिको मनले त्यो कुरालाई कसरी सजिलै स्विकार्थ्यो र?
कुराकानी निरन्तर चली नै रह्यो । मैले सोधे भ्वाइस अफ नेपालको लागि भन्दा पहिले काठमाडौ आउनु भएको थियो? म भ्वाईस अफ नेपाल हुनु भन्दा अगाडि पनि काठमाडौ एक चोटि साथीहरूसँग सडकमा गीत गाउन आएको थिए । गाउँमा काठमाडौको सडक सडक गीत गाउँदा धेरै पैसा कमाउन सकिन्छ भन्ने साथीहरुले सुनाए । पछि म सहित धेरै जना काठमाडौ आएका थियौ, गौशाला र चाबहिलको सडकमा गीत गाएका थियौ । धेरै दुःख पायौ अब त त्यसरी बाटोमा पैसा माग्न नि पाईदैन रे भन्ने सुनेको छु । त्यत्ती बेलापनी पैसा उठाईएन धेरै दुःखले बल्लबल्ल गाउँ पुगियो । त्यसपछि अब कहियै काठमाडौ फर्किन्न सोचेको थिए । गत वर्ष गाउँकै एक जना दाईले कोच आस्था राउतलाई चिन्नु भएको रहेछ । उहाँहरुले सल्लाह गरेपछी मलाई मोबाई मै गीत गाउन लाउनुभयो । त्यसरी डिजिटल अडिसन दिए पछि मलाई काठमाडौ बोलाउनु भयो । पहिलो पटक स्टेजमा गएर गीत गाउन पाए । सुरुमै झन्डै म बाहिरि सकेकि थिए ।
अन्त्यमा आस्था राउत मेरो लागि भगवान बनेर आउनु भयो । उहाँले मलाई बचाउनु भयो नत्र म यत्ती बेला कहाँ हुन्थे होला है? उहाँले मलाई धेरै माया गर्नुभयो । बेला बेला फोन पनि गर्छु । अहिले धेरै भयो आस्था दिदिलाई कल नगरेको । म यो जुनिमा आस्था राउत र भ्वाईस अफ नेपाललाई कहिल्यै बिर्सन्न । मसँग जे छ त्यो आस्था राउत र भ्वाईस अफ नेपालको कारण प्राप्त गरेकि हँु । कुराकानी हुदासम्म पनि बेला बेलामा आस्था राउत र भ्वाईस अफ नेपालको नाम लिई रहन्थिन । लगभग हामीले १ घन्टा यसरी नै कहिले आँसु पुछ्ददै, कहिले हाँस्दै, कहिले निरास हुँदै नै बितायौ । उनले अब नयाँ आउने गीतको बारेमा पनि बताईन । अहिले लकडाउन छ खुले त गीत रेकर्ड गर्न पाईन्थ्यो । उनि सँगको कुराकानीमा कहिले काहीँ आफुलाई मिडिया मार्फत केही आर्थिक सहयोग पाए पनि हुन्थ्यो भन्ने भाव पनि व्यक्त गर्थिन । अधिकांश चाहिँ परिवार र आफ्नै कारण धेरै निरासाको कुरा गर्थिन । म त्यहाँबाट निस्कने तरखर गर्दै थिए । मलाई चिया खाजा खान धेरै कर गर्दै थिए सबैले । मैले निरन्तर सम्पर्कमा रहने र बाँकी सांगीतिक यात्रा सफल रहोस् भनी शुभकामना दिएर बिदा भए । मैले भनेर निर्दयी भगवानले उनको आँखा फिर्ता त किन गर्छन् र ! तै पनि यदि भगवान साँचो छ र उनलाई भगवानले केही दिनुछ भने उनको आँखा फिर्ता गरेर उनलाई गुमेको खुसी फिर्ता गरोस् ! म हरपल यहि कामनासहित उनको बाँकि सफल सांगीतिक यात्राको कामना छ ।
“भ्वाईस अफ नेपालको सिजन २” मा आफ्नो प्रस्तुति दिदै रिता राई