डोरीमा झुण्डिएर गर्नुपर्ने कठोर यात्राको अन्त्य

अब जनताहरुलाई यात्रा गर्न सहज हुने : अध्यक्ष सागर किराती

शिखरसन्देश, काठमाडौं । सोलुखुम्बु जिल्लाको सदरमुकाम भन्दा धेरै टाढाको गाउँपालिका हो महाकुलुङ गाउपालिका । स्थानिय तहको निर्वाचन अगाडीसम्म दुर्गम ठाउँ भनेर चिनिएको भए पनि अहिले सुगममा परिणत हुदैछ। गत स्थानीय तहको निर्वाचनबाट तत्कालीन माओवादी केन्द्रका तर्फबाट निर्वाचित सागर किराँतीको नेतृत्व पाएको गाउँपालिका अहिले समृद्धि तिर लम्कदै गएको छ । जनप्रतिनिधिहरुको कामबाट सतुष्ट रहेका स्थानीयबासीहरुको साथ पनि राम्रै मिलेको छ । निर्वाचित जनप्रतिनिधिहरु पनि सम्पुर्ण रुपमा आफ्नो समय समृद्ध गाउँपालिका निर्माण मै खर्चेका छन। प्रचार भन्दा काममा ध्यान दिएका किराँती अहिले जिल्लामा निक्कै लोकप्रिय गाउँपालिका अध्यक्ष मानिएका छन् ।

२०७४ को स्थानिय निवार्चनमा बिजय भएपछि गाउँकार्यपालिकाले अध्यक्षलाई गाडी खरिदको लागि छुट्याएको रकम समेत आफ्नो सेवा सुबिधामा खर्च नगरी गाउँका जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर पढ्न छात्रवृत्ति दिएर जिल्लामै एक नमुना काम गरेका छन् । उनी आफू भने अहिले पनि एउटा १५० सिसिको पल्सर बाईकबाट नै जनताको सेवामा अहोरात्र खट्दै आएका छन् । कहिले कोरोना कहरका कारण अलपत्र आफ्नो नागरिकहरुलाई उद्धार गर्न जोखिम मोल्दै काठमाडौ आईपुग्छन त कहिले गाउँपालिकामै सर्वाङ्गिन बिकाशका लागि व्यस्त हुन्छन् । पर्यटकीय गाउँपालिका बनाउन पर्यटनसङ्ग जोडेर आर्थिक समुद्धिका लागि पर्यटन समभाब्यताको थलो पाँचपोखरी तिर अध्यक्ष आफै पुग्छन। यस्तो निःस्वार्थ गाउँपालिकाको काममा काम गर्ने जनप्रतिनिधि पाएपछि गाउँपालिकाबासीहरु खुसी भएको बताउछन् ।

यसै बिच स्थानिय युवाहरुले गाउँपालिकाको लगानिमा निर्माण सम्पन्न भएको बाटोको भिडियो सामाजिक संजालमा अपलोड गर्दै जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका थिए। उक्त योजनाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष किरातीलाई शिखरसन्देशले सम्पर्क गरेको थियो । सम्पर्कमा आएका अध्यक्ष किरातीले उक्त योजना आ व ७६/७७ को बजेटबाट रु १० लाख बिनियोजन गरि सम्पन्न गरेको बताए। गाउँपालिकाको दस लाख र स्थानीयको २० प्रतिशत श्रमदान साथैं वडाका जनप्रतिनिधिहरूकाे समन्वयमा सम्पन्न भएको बताए। किरातीका अनुसार बाटो महाकुलुङ वडा न ४ गम्मबला स्थित भिरमा निर्माण भएको हो। बाटो निर्माणको लागि ढुङ्गको सिढिका साथै सिमेन्ट र फलामको प्रयोग भएको समेत अध्यक्ष किरातीले शिखरसन्देशलाई बताए ।

निर्माण स्थलको भिरको बाटो छिचोले पछी त्यहाँ माथी एउटा गोल्डोला ठुलो खर्क रहेको रहेको बताए । त्यस खर्कमा गाउँका सबैको खर्क हुनुका साथै सबैको घाँस दाउरा गर्ने त्यही ठाउँ रहेको बताएका छन् । उक्त खर्कसम्म पुग्न स्थानियहरु डोरिको प्रयोग गरि कठिन यात्रा गर्ने गर्थे। गोल्डोलामा गत आर्थिक वर्ष ७५/७६ को बजेटबाट १३ लाख लगानी गरि ५३०० बोट अलैची समेत खेती समेत सुरु भएको बताएका छन् । गाउपालिकाको लगानी तथा स्थानियको स्वमित्वमा रहने गरी अलैची ब्लकसमेत रहेको उक्त खर्क गाउँपालिकाको महत्वपूर्ण स्थल मानिएको बताउछन् ।

अब उक्त बाटो हुँदै बुकुर्छो, सिलिछो, कोङ्केलुछो जाने बाटो समेत खुलेको छ । उक्त स्थान दृश्यालोकनको हिसाबले महत्वपूर्ण मानिएको छ। यी ठाउँहरुबाट सगरमाथा, कन्चनजङ्घा मेरा पिक लगायत दर्जन भन्दा बढी हिमाल तथा पिकको अवलोकन गर्न सकिने समेत बताएका छन् । निकट भविस्यमा पर्यटनको राम्रो सम्भावना बोकेको यस ठाउँ हुँदै छिमेकी जिल्ला भोजपुर, सङ्खुवासभा, खोटाङ लगायत थुप्रै ठाउँसम्म पनि जान सकिने बताए । यी ठाउँहरु मानव सभ्यातासङ्ग पनि जोडिएको बताउने अध्यक्ष किराँतीले अहिले पनि ठुलाबडाले आशिर्वाद दिदा पवित्र ठाउँ मानिएको सिलुछो, बुकुर्छो कोङकेलुछोको नाम जपेर आशिष दिने गरेको समेत शिखरसन्देशलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार