एक गर्भवती महिलाको लडेर मृत्यु, बच्चा ज्युउदै बाहिर निस्किए

शिखरसन्देश, काठमाडौं । हाम्रो देश भाषणको भरमा चलेको छ । नेता तथा उच्च पदस्थ ब्यक्तिहरुको भाषण सुन्दा आफुलाई अमेरिका युरोप तिर भएको भान हुन्छ ! देशको परिवर्तनको लागि धेरै बलिदानी भयो, धेरै ब्यवस्था फेरियो तर नेपाली जनताको अवस्था कहिल्यै फेरिएन। नेपालको दुरदराजको समस्या जहिको त्यही छ। त्यस बारे न सरकारको ध्यान गएको छ न त कुनै नेता या संबंधित निकायको नै ध्यान गयो।

अहिले दिन दिनै दुरदराजका जनताहरुको दयनीय अवस्था र अप्रिय घटनाहरु सामाजिक सन्जालमा समाचारको हेडलाईन बन्ने गरेको छ। आज बिहान यस्तै घटना भएको छ राजधानी काठमाडौसङ्गैको छिमेकी जिल्ला सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिकामा। सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा न ५ साबिक बरम्ची ४ डाडाथोक कि एक स्थानिय ४३ वर्षिय महिला सन्च माया तामाङको घाँस काटन जाने क्रममा लडेर मृत्यु भएको सोही वडाका स्थानिय मातृभुमी युवा क्लब नेपालको सचिब समेत रहेका पेम्वा तामाङले शिखर सन्देशलाई जानकारी दिए।

तामाङका अनुसार आज बिहान अन्दाजी ८ बजेको समयमा घरबाट करिब दुई किलोनिटर टाढा रहेको बिम्रेनी रातो भिरमा घाँस काट्न जादा चिप्लिएर अग्लो भिरबाट तल सडकमा खसेर घटना स्थलमै मृत्यु भएको हो। मृतक महिलाको पेटमा ८ महिनाको बच्चा समेत रहेको र लडेर सडकमा खस्ने क्रममा पेट फुटेर बच्चा ज्युउदै बाहिर निस्किएको थियो। सङ्गै घाँस काट्न गएका साथिहरुले सुरुमा देखे पछि स्थानियलाई खबर गरेका थिए। सुरुमा आमाको पनि अलि अलि साफ रहेको भए पनि केही क्षणमै घटना स्थलमै मृत्यु भएको हो। बच्चा पुर्ण रुपमा जिवितै भेटिए पनि सोही वडाका वडा अध्यक्ष सनत कुमार अधिकारी सहित स्थानियहरुको सहयोगमा काठमाडौ बालकान्ति अस्पतालमा ल्याएर बच्चालाई उद्धार गर्न ठूलो प्रयास भएपनी बाटोमा ल्याउने क्रममा गाउँ देखि केही तल रहेको सडक छेउ डबली आईपुग्दा बच्चाको समेत मृत्य भएको सचिब तामाङले बताए।

परिवारमा ४ छोराछोरी र आमाबुबा रहेको भएपनि एउटा छोरीको बिहे भएको बताए। परिवारमा दुई वटा सानो सानो बच्चाहरु रहेको पनि तामाङले बताए। उक्त घटना पछि अहिले जुगल गाउँ पालिका वडा न ५ पुरै शोकमा डुबेको छ भने परिवारका अन्य सदस्यहरु पनि अर्धचेत अवस्थामा रहेको पेम्वा तामाङले शिखरसन्देशलाई जानकारी दिनुभयो! यस्तो नियती जनताले कहिलेसम्म भोग्नु पर्ने? सरकारको यसमा ध्यान जानू पर्दैन? के नेपाली जनताको जीवन स्तर र सुरक्षा बारे सरकार जिम्मेवार हुनु पर्दैन?? यस्तो अवस्था रहि रहे जनताले सरकार हुनुको आभाष गर्दैन। त्यसैले सरकारले बेलैमा सोच्न जरुरी छ सरकारले दुरदराजका आफ्नो जनताको दुख पीडा बुझोस र आवस्यक कदम चालोस हामी सरकारसङ्ग यहि आसा राख्दछौ ।

Photo: पेम्वा तामाङ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार