१३ वर्षिय दृष्टि कुलुङले भोकाहरुका लागि दिए राहत

शिखरसन्देश, काठमाडौं । हाम्रो देश नेपाल साझा फुलफरुको एक सुन्दर बगैचा हो। जसरी एउटा बगैचामा फुलहरुमा भमराहरु घुम्छन, उड्छन, चुस्छन अनि रमाउछन, त्यस्तै हाम्रो बालबालिकाहरूलाई पनि खेल्न पाउने, खान पाउने, रमाउन पाउने, पढ्न पाउने नैसर्गिक अधिकार राज्यले प्रदान गरेको छ । यो बेला देशको अवस्था हेर्ने हो भने आमाबुबाको काखमा खेल्नु पर्ने बालबालिकाहरुले आफ्नो गाँस काटेर अरुको पेट भर्नु पर्ने अवस्था देख्दा जो कोहिको मन रुन्छ । चाहे त्यो सोलुखुम्बुका एक १० वर्षिय रायल राईले क्यान्सर पिडितको लागि आफ्नो खुत्रुके फुटाएको घटना होस या हालै मात्र सोलुखुम्बु जिल्ला महाकुलुङ -४ स्थाई बासिन्दा हाल बुढानिलकण्ठ-१२, कपन बस्दै आएका १३ वर्षिय दृष्टि कुलुङको कारुनिक दृस्य । यी सोलुखुम्बुका दुई बालिकाहरु त एक प्रतिनिधि पात्र मात्र हुन। बिहिवार बेलुका एउटा भिडियो सामाजिक संजालमा आयो । जहाँ एउटा १३ वर्षिय बालिका दृष्टि कुलुङ राती सहयोगका लागि पैसा बोकेर सडकमा निस्केको दृश्य देख्न पाईयो ।

कोभिड १९ का कारण सयौका सङ्ख्यामा सडकमा भोकै रहेकाहरुलाई अरुले खाना खुवाएको दृस्य सामाजिक संजालमा देखे पछि यी कलिला नानिको मन पग्लिएन मात्रै आफैलाई सहयोग लिएर त्यहा सम्म जान बिबस बनाए। उनले ती दृष्य देखे पछि आमा र मामाहरुसङग आफुले पनि ती पिडितहरुलाई सहयोग गर्न चाहेको बताए पछि श्रोत जुटेको बताउछिन। जब कुलुङ त्यहा सहयोग लिएर पिडितहरुकोमा पुगे त्यहाका सबैका आँखा रसाएको थियो! आफू अभिभावकहरुको राम्रो लालनपालनमा हुर्केका यी कलिला नानिको यस्तो काम गर्ने सोच आउनुको प्रमुख कारण आमाबुबा मान्नु हुन्छ। आमाबुबाले धेरै जनाको सहयोग गरि उद्धार गरेर कमाएको इज्जत प्रतिष्ठाले गर्दा आफू पनि आमाबाबू जस्तै समाजसेवा गर्न चाहेको बताउछन। आफ्नो यस्तो कार्यमा आमाबुबाको अलवा मामाहरुको राम्रो साथ रहेको पनि बालिकाबाट बुझ्न सकिन्छ।

रिलायन्स इन्टरनेसनल एकेडेमी मा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय दृष्टि कुलुङ समाजसेवाको अलवा पढाईमा पनि उत्तिकै अब्बल छिन। पढाईमा दोश्रो, तेश्रो बाट कहिल्यै तल झर्नु नपरेको बताउछन । उनिसङ्ग सानै उमेरमा दर्जन मेडल र आधा दर्जन ट्रफी समेत हात पारिसकेकि छिन ।  पढाई र समाजसेवा सङ्गै राम्रो कलाकार समेत हुन । उनी राम्रो नाच्छिन र गाउँ छिन पनि ! कक्षा ६ मा पढ्दा नै देश ब्यापीरुपमा आयोजना भएको School Princess Nepal Star  को उपाधि समेत जितिसकेकी  छिन् ।  विद्यालयमा आयोजना हुने Ria Idol Dance Competition मा समेत प्रथम हासिल गर्दै आएका कुलुङ गायन, नृत्य र खेलकुद समेत अब्बल छिन।

म डाक्डर बनेर गरिबहरुको निशुल्क उपचार गर्छु :दृष्टि कुलुङ 

शिखरसन्देसङ्गको छोटो कुराकानीमा दृष्टि कुलुङले आफ्नो रुचि खेलकुद, गायन र नृत्य भएपनी भविस्यमा आफू डाक्डर बन्ने बताए। आफु डाक्डर बनेर गाउँ घरमा रहेका गरिब बिरामीहरुको नि:शुल्क उपचार गर्ने बताईन ! गाउँ घरमा अहिले पनि धेरै दुख रहेको बिरामी हुदा उपचार गर्ने अवस्था नरहेकोले आफुले डाक्डर बनेर सेवा गर्ने सोच आएको बताछिन। आफू गाउमा धेरै समय नबिताए पनि आफुले त्यहाको दुखलाई नजिकबाट नियालेको बताईन। आफुले जे काम गरे पनि समाजसेवालाई कहिल्यै नछोड्ने समेत बताएकि  कुलुङले अब Charity Open गरेर घरबार बिहिन र टुहुरो बालबालिकाहरुको सेवामा लाग्ने समेत शिखरसन्देशलाई बताए । बहिनीको मनोकामना पूरा हुँदै जाओस शिखरसन्देश टिम पनि हार्दिक शुभकामना ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

 

दृष्टि कुलुङले विभिन्न विधामा प्राप्त गरेका पुरस्कारहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार