थुलुङ दुधकोशी गाउँपालिकामा तीन वर्षे बाली बिज्ञान प्राबिधिक शिक्षा सुरु

शिखरसन्देश, काठमाडौं । हरेक विकास निर्माण होस् या काम गर्न इच्छा शक्ति, तत्परता, उद्देश्य, र सहि नेतृत्व छनौट हुनुपर्छ। यी सबै कुरा भयो भने असम्भव भन्ने कुरा केही हुदैन। यसको गतिलो उदाहरण हो सोलुखुम्बुको स्थानिय तह थुलुङ दुधकोशी गाउँपालिका। यो गाउँपालिका जिल्लाको मात्रै नभै नेपालकै पनि एक नमुना गाउँपालिका मानिन्छ । चुनाबको बेला भाषण र आश्वासन बाँडेर निर्बाचित भएपछि घाम तापेर आफ्नो कार्यकालमा वरको सिन्को परसम्म नसार्ने जनप्रतिनिधिहरुको कमि छैन। तर थुलुङ दुधकोशी गाउँपालिकामा भने आफ्नो चुनाबी प्रतिबद्धता र समृद्ध गाउँपालिका निर्माणमा जनप्रतिनिधि र नागरिक सबै लागि परेका छन ।

२०७४ को निर्वाचनमा तत्कालिन माओवादी केन्द्रको तर्फबाट निर्वाचित अशिम राईको नेतृत्व पाएको यस गाउँपालिका अन्य गाउँपालिका भन्दा तुलनात्मक रुपमा अगाडि छ । बल देखाउनको लागि मात्र हो, प्रयोग जहिले पनि दिमागको मात्र गर्नुपर्छ भन्दै सधै युवा बर्गलाई सकारात्मक बाटोमा डोर्‍याउदै समृद्ध गाउँपालिका निर्माणमा लागेका अध्यक्ष राईको सपना पनि पूरा हुँदै गएको छ। अध्यक्ष राई अहिले सबैका लागि प्रेरणाको श्रोत मात्र हैन एक उदाहरणीय जनप्रतिनिधि बनेका छन् ।

जनस्तरबाट नै करोडौ रुपैयाँ आर्थिक सङ्कलन गरि गाउँपलिकामा सुबिधा सम्पन्न अस्पताल निर्माणाधिन अवस्थामा छ भने जिल्लामै पहिलो पटक तीन वर्षे बाली बिज्ञान प्राबिधिक शिक्षाको थुलुङ दुधकोशी गाउँपालिकामा सुरु भैसकेको छ। गाउँपालिका प्रमुख अशिम राईको विशेष पहलमा २०७६ साल असोज ८ गते प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (CTEVT) बाट सम्बन्धन लिई वडा न ९, लोखिममा गत शैक्षिक सत्रबाट श्री जनता मा.वि. मा सञ्चालनमा छ। स्थानिय स्तरमै सुलभ मुल्यमा युवाहरुलाई गुणस्तरीय प्राबिधिक शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले सुरु गरेको तीन वर्षे बाली बिज्ञानको पढाइ सुरु भएको हो।

अध्यापन सञ्चालनका लागि जनता मा.वि. लोखिमकै भवन प्रयोग गर्दै आएको छ भने सरकारको बिना लगानी निजि श्रोतबाट सञ्चानार्थ छ । दक्ष जनशक्ति र ल्याब सामाग्रीहरुको ब्यबस्थापन गर्नको लागि आर्थिक समस्या भएपछि अहिले भुपु विद्यार्थी मञ्च गठन गरि जनता मा.वि. र भुपु विद्यार्थी मञ्चको पहलमा जनस्तरमा आर्थिक सहयोग सङ्कलन सुरु भएको छ। ५० लाख भन्दा माथी आर्थिक सङ्कलन गर्ने उद्देश्य सहित सुरु भएको अभियानले ४ दिनको बिचमा ९/१० लाख जम्मा भै सकेको मञ्चका अध्यक्ष समेत रहेका युवा नेता, ब्यवसायी तथा समाजसेवी राम बहादुर राई (राम किरन) ले शिखरसन्देशलाई जानकारी दिए ।

अहिले समितिले देशब्यापी रुपमा आर्थिक सहयोग सङ्कलन अभियानमा सहभागी हुन समेत सम्पूर्णमा आह्वान गरेको छ । आफुहरुले सङ्कलन गरिने आर्हिक पारदर्शी र चुस्तदुरुस्त बनाउन समितिको बैंक खाता खोली बैकिङ प्रणालीमा कारोबार गर्ने समेत समिती सदस्य होम प्रकाश राईले शिखरसन्देशलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार