शिखरसन्देश । सुमाया राईको चर्चित गित “माया हजुर” भाग दुई अब दर्शक श्रोताहरुको लागि चाडै नै बजारमा आउने भएको छ । सुमाया राईको शब्द, डी आर अटु को सङ्गित, राजु कार्किको सङ्गीत संयोजन तथा राजेश पायल राई र सुनिता थेगिमको स्वरबद्ध रहेको यो गितलाई सबै दर्शक श्रोताहरुले मन पराए पछि भाग दुई आउन लागेको लोकप्रिय सङ्गितकार तथा गितकार डी आर अटुले शिखरसन्देशलाई जानकारी दिए । सर्जक अटुको आफ्नै युट्युब च्यानल लिम्दुमी क्रियसनबाट अपलोड भएको उक्त गित अहिलेसम्म चौध लाख बाउन्न हजारले हेरिसकेका छन् । अटुका अनुसार माया हजुर भाग दुईको लागि अडियो रेकर्ड सकि सकेको भए पनि म्युजिक भिडियोको छायांकन काम बाँकी रहेको बताए । लामो समय बन्दाबन्दी भएको कारण भाग दुई आउन ढिलो भएको पनि जानकारी दिए ।
लामो समय कर्मथलो कोरिया बनाई केही समय अगाडि मात्र नेपाल फर्किएका अटु अब निरन्तर यहि सङ्गीत क्षेत्रमा काम गर्ने बताए । आफू कोरिया नै पनि रहदा पनि गित सङ्गीत देखि टाढा रहन नसकेका अटुले अब भने सम्पुर्ण आफ्नो समय यहि क्षेत्रमा लगानी गर्ने समेत बताए । सयौ चर्चित गित रचना तथा सङ्गीत गरी व्यवसायिक सफलता हासिल गरी लोकप्रियता कमाएका अटु अहिले नेपाली गित सङ्गीत क्षेत्रका चल्तिका गितकार तथा सङ्गितकार हुन । सबैसङ्ग असल व्यबहार गर्ने मिलनसार अटुका हरेक गितले सबै दर्शक श्रोताहरुको मन जितेका छन । अब आउने उनका हरेक सृजनाले सफलता पाउदै जाओस हार्दिक शुभकामना !
Video::::