३ वर्षे बालि विज्ञान लोखिममा धामाधम भर्ना लिइदै

काठमाडौं । सोलुखुम्बु जिल्लाको एक मात्र तीन वर्षे बालि बिज्ञानको पढाइ हुने थुलुङ दुधकोशी गाउँपालिका वडा न ९ लोखिममा तीन वर्षे बाली बिज्ञानको लागि भर्ना खुलेको छ। २०७६/०६/०८ मा CTEVT बाट सम्बन्धन लिई गत शैक्षिक सत्रबाट पढाइ सुरु भएको हो। स्थानिय स्तरमै सुलभ र सहज कृषि क्षिक्षा हासिल गर्ने उद्देश्यले गाउँपालिकाको विशेष पहलमा गत वर्षबाट जिल्लामै पहिलो पटक यो पढाई सुरु गरिएको हो । विद्यालयले एक सुचना जारी गर्दै SEE दिएर बसेको र बाली बिज्ञानसम्बन्धी पढाईको लागि राष्ट्रब्यापी आह्वान गरेको हो ।

SEE दिएर बसेका र तीन वर्षे बाली बिज्ञान पढ्न चाहानेहरुले अब कृषि प्राबिधिक पढ्ने बाटो खुल्ला भएको हो । उक्त कृषि प्राबिधिक शिक्षा पढ्नको लागि कम्तिमा SEE अङ्ग्रेजी, गणित र बिज्ञान मध्य दुई वटा विषयमा सी ग्रेड र बाँकी एउटा विषयमा डी प्लस ल्याएको हुनुपर्ने छ। अब योग्य विद्यार्थीहरुले तीन वर्षे बाली बिज्ञानको लागि संबंधित विद्यालयमा सम्पर्क गरि आउने असोज १५ गतेसम्म अनिवार्य फारम भरिसक्नु पर्ने छ। थप जानकारिको लागि ईच्छुकहरुले विद्यालय अध्यक्ष उत्तर कुविर राई ९८६४२५७५७५, प्रधानाध्यापक हस्त बहादुर राई ९८४४६६०४४४४ र ९८०५९१९५२४ र कार्यक्रम संयोजक भुवन भट्टलाई ९८४८७०५४४८ र ९८१२७७७३२१ सम्पर्क गर्न सकिने छ।

गत शैक्षिक सत्रबाट सुरु भएको तीन वर्षे बाली बिज्ञान प्राबिधिक शिक्षा सन्चालनमा आर्थिक समस्य भए जनता मा वि लोखिमको भुपु विद्यार्थी मन्च गठन गरि आर्थिक संकलन समेत भै रहेको छ । बाली बिज्ञान प्राबिधिक शिक्षा सञ्चालनको सहयोगार्थ यश मन्चले एक हप्ताको बिचमा १५ लाख भन्दा माथी आर्थिक सङ्कलन गरि सकेको मन्चको अध्यक्ष राम बहादुर राई (राम किरन) ले शिखर सन्देशलाई जानकारी दिनु भयो। राईका अनुसार आर्थिक अभियान निरन्तर चली रहेको र कम्तिमा ५० लाख आर्थीक सहयोग सङ्कलन गर्ने लक्ष्य रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार