अन्जन किरातीको ” अब लड्नु पर्छ छिट्टै” बोलको देशभक्ति गित आज बजारमा सार्बजनिक भएको छ। अहिलेको वर्तमान परिवेशलाई समेटेर युवाहरु देश बिकासमा जुट्नु पर्ने अब ढिलो गर्नु हुन्न भन्ने भाबको गित रहेको छ ! थुप्रै चर्चित गित बजारमा ल्याएर दर्शक श्रोताहरुको माया बटुलेका अन्जनले यश गितबाट पनि यस्तै दर्शकहरुको माया बटुल्ने अपेक्षा लिएका छन । उक्त गितमा नव प्रतिभाशाली उदायिमान गायिका कला इशारा राई र साजन बान्तावा राईले स्वर दिएका छन भने तायुछाङ लामाको शब्द, मनोज साङ्सोन राईको सङ्गीत संयोजन रहेको छ। आज सार्बजनिक यस गितको लिप्सिङ भिडियो गायक गायिकाको नै रहेको छ बाकी भिडियो अब छायांकन सकेर पुन: आउने गायिका राईले शिखरसन्देश लाई बताईन । उक्त गित किङ स्टुडियोको अफिसियल युट्युब च्यानलबाट अपलोड गरिएको छ । ईशारा राई र साजन बान्तावा राईले यो भदा अगाडि पनि थुप्रै चर्चित गितमा स्वर दिएर दर्शक श्रोताहरुको मनमा बस्न सफल गायक गायिका हुन।
अन्जन किरातीको “अब लड्नुपर्छ छिट्टै” गीत सार्वजनिक
