थुलुङ दुधकोशी गाउँपालिकामा प्रबक्ता हेरफेर

९ नं. वडाध्यक्ष समेत रहेको भुपाल सिं राईलाई नयाँ प्रवक्तामा नियुक्ती

काठमाडौ । सोलुखुम्बुको स्थानिय तह थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठक सम्पन्न भएको छ । आज वसेको बैठकमा आजकै मितिबाट लागू हुने गरि गाउँपालिका प्रबक्ताको जिम्मेवारी समेत हेरफेर गरेको छ । वडा नं. ६ का वडा अध्यक्ष समेत रहेका फुर्तिमान तामाङ पालिका प्रबक्ता रहँदै आएका थिए । तर हाल आफ्नो स्वास्थ्य अवस्थाको कारण प्रबक्ताबाट राजिनामा दिएका छन् । प्रबक्ताबाट राजिनामा आएपछी आज बसेको कार्यपालिका बैठकले राजिनामा स्वीकृत गर्दै नयाँ प्रबक्तामा चयन गरेका छन् । आज बसेको थुलुङ दुधकोशी गाउँकार्यपालिकाको वैठकले गाउँपालिका प्रवक्ताको रूपमा थुलुङ दुधकोशी गाउँपालिका ९ नं. वडा अध्यक्ष भुपाल सिं राईलाई जिम्मेवारी दिएको छ । कार्यपालिका बैठकले प्रबक्ताको जिम्मेवारी हेरफेर सङ्गै अन्य महत्वपूर्ण निर्णय गरेको छ। बैठकको निर्णय तपशिल बमोजिम रहेको छन् ।

१. संघिय मामिला तथा प्रशासन मन्त्रालय र गाउँपालिकाको संयुक्त आर्थिक ब्यबस्थापनमा मुक्ली केन्द्रमा ५ बेड क्षमताको आकस्मिक अस्पताल निर्माण गर्ने।

२. गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा ७ सदस्यीय कृषि ब्यवसाय प्रबर्द्धन समिती गठन ।

३.  माटो र प्रकृति सुहाउदो खेतिको लागि जुबु ४ नं. वडालाई गहुँ, २ नं. वडा काँगेललाई बाख्रा र देउसा ८ नं. वडालाई तोरि पकेट क्षेत्र घोषणा गर्ने निर्णय समेत गरेको छ।

आज मिति २०७७/०६/०१ गते वसेको थुलुङ दुधकोशी गाउँकार्य पालिकाको वैठकले गाउँपालिका प्रवक्ताको रूपमा नियुक्ति हुनु भएकोमा थुलुङ दुधकोशी गाउँपालिका ९ नं. वडा अध्यक्ष भुपाल सिं राईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना – शिखरसन्देश टिम ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार