विश्वकर्मा पूजा गरी “गेटवे”ले थपे नयाँ सेवा

सुरक्षाको मापदण्ड अपनाउँदै यातायात सेवा संचालन गर्ने

काठमाडौ । आजको समयमा एकता उत्तिकै महत्वपुर्ण छ । यसको अर्थ एक अर्काको बिरुद्ध काम गर्नु नभई एक अर्कासँग मिलेर काम गर्नु हो । एक थुकी सुकी सय थुकी नदी भन्ने चलन नै छ । जुनसुकै क्षेत्रमा होस चाहे परिवारमा होस या कुनै कम्पनीमा होस, खेलकुदमा होस या चाहे राजनीतीमा त्यस क्षेत्रमा आबद्ध टिम सबैको लक्ष्य एउटै हुनुपर्दछ । यस्तै उद्देश्यबिचमा बिगत दुई वर्षदेखि छरिएर रहेका सानो पुँजीलाई एकत्रित गरि सामुहिक लगानीमा आर्थिक समृद्धि तथा सीप, क्षमता र दक्षता अनुसार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ गेटवे मल्टीइन्भेस्टमेन्ट प्रा.लि.स्थापना भएको हो । यस कम्पनीले विभिन्न क्षेत्रमा आफ्नो सेवा बिस्तार गरेको छ ।

“आजको सानो लगानी भबिश्यको बिशाल आम्दानी” गेटवे मल्टीइन्भेस्टमेन्ट प्रा.लि. ले अहिलेसम्म गेटवे गेस्ट हाउस एण्ड फास्टफुड प्रा.लि. बसुन्धारामा सञ्चालन गर्दै आएको छ भने बिगत डेढ वर्ष देखि गेटवे एक्सप्रेस प्रा. लि.ले सुलभ भाडादरमा आरामदायी यात्रा काठमाडौ–सोलु यातायात सेवा सञ्चालन गर्दै आएको छ । हालै मात्र काठमाडौको बौद्ध टुसालस्थित गेटवे वासिङ सेन्टरको आज विश्वकर्मा पुजाको अवसरमा सामुहिक पुजा गरि औपचारिक उद्घाटन गरेको हो । आजबाट बौद्ध टुसालमा नियमित कार, जीप, मोटरसाइकलका लागि वासिङका साथै पार्किङको सेवा सञ्चालनमा ल्याएको छ । यस्तै सोलुखुम्बुको सदरमुकाम सल्लेरी आवाडाँडामा पनि लक्ष्मी होटेल नजिकै पार्किङ सेवा तत्काल सुचारु गर्ने कम्पनीका अध्यक्ष रमेश राईले शिखरसन्देशलाई जानकारी दिए ।

गेटवे मल्टीइन्भेस्टमेन्ट प्रा.लि. ले नियमित काठमाडौ–सोलु र रिजर्भको लागि नेपालको जुनसुकै ठाउँमा यातायात सेवा दिदै आएको छ । विश्व महामारी कोरोना भाइरस कोभिड १९ ले देशलाई आक्रान्त बनाइरहेको बेला लकडाउनमा समेत यस कम्पनीले काठमाडौमा असहज परेको जिल्लाबासीहरुको उद्धारमा कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अब भने काठमाडौ र सोलुखुम्बु सल्लेरी सदरमुकामको अव्यवस्थित पार्किङ समस्यालाई मध्यनजर गर्दै थप पार्किङ र वासिङ सेवा सञ्चालन गर्ने कम्पनीले बताएको छ ।

यात्रुहरुको समस्यालाइ मध्यनजर गर्दै देशको विभिन्न ठाउँको सहज यात्राको अध्ययन गरेर नियमित भरपर्दो काठमाडौ–सोलु यातायात सेवा प्रदान गर्दै आएको यस गेटवे एक्स्प्रेस प्रा.लि. ले निकट भविष्यमै सडक सेवा बिस्तारसँगै सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बमा र सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि प्रदेश नं. १ को राजधानी बिराटनगरसम्म नियमित यातायात सेवा दिने लक्ष्य रहेको समेत अध्यक्ष राईले जानकारी दिए । त्यससँगै आउन लागेको नेपालीहरुको महान चाड दशैं तथा तिहारको अवसरमा आवतजावत सहज बनाउन विभिन्न ठाउँहरुमा आफ्नो टिकट काउन्टर स्थापना गरि नियमित सेवा दिन थालेको छ ।

कोभिड १९ को संक्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड पूरा गरि स्थानीय सरकार र प्रशासनको नीति नियम अनुरुप सुरक्षाको मापदण्ड अपनाउँदै विश्वकर्मा पूजा गरेपछि यातायात सेवा संचालन गर्ने अध्यक्ष राईले शिखरसन्देशलाई जानकारी दिए ।

दशै र तिहारको आगमनसँगै तपाईहरु देशको विभिन्न ठाउँमा आरामदायी यात्रा तथा व्यवस्थित खाना, बस्नका लागि गर्नुपरेमा सधै गेटवेलाई सम्झनुहोस् | सम्पर्कको लागि तल हेर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार