काङ्ग्रेस परित्याग गरी नेकपामा तिङ्लाली

सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिका सोलु दुधकुन्ड नगरपालिका ११ तिङ्लामा आज नेपाली काङ्ग्रेस परित्याग गरि ८३ जनाले नेकपा पार्टी प्रबेश गरेका छन । जिल्ला पार्टी अध्यक्ष मानवीर राई, सचिब, गोम्बु शेर्पा (कर्ज्याङ), माननीय प्रदेश सांसदद्वय बुद्दिकुमार राजभण्डारी, उत्तम बस्नेत, नगरपालिका उपमेयर कल्पना राई लगायत कार्यकर्ता र स्थानीयहरुको बाक्लो उपस्थितिमा पार्टी प्रबेश गरेका हुन।

लामो समय नेपाली काङ्ग्रेसमा कृयाशिल रहेका कार्यकर्ताहरुले अब देशको समृद्धि नेकपाको नेतृत्वमा मात्र सम्भाव हुने बताउदै पार्टी प्रबेश गरेका छन। नेपाली काङ्ग्रेसको पकड मानिएको तिङ्लामा यसरी पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेपछी नेपाली काङ्ग्रेसलाई ठूलो धक्का लागेको छ। पार्टी प्रबेश कार्यक्रमको लागि सिस्नेरीको पहिरोको अप्ठेरो बाटो छिचोल्दै जिल्लाका नेतृत्व टोली तिङ्ला पुगेका हुन।

जिल्ला पार्टी अध्यक्ष मानवीर राई लगायतले खादा र अबिर लगाएर पार्टी प्रबेश गराएका थिए। पार्टी प्रबेश कार्यक्रममा अध्यक्ष मानवीर राई, सचिब, गोम्बु शेर्पा (कर्ज्याङ), प्रदेश सांसद बुद्दिकुमार राजभण्डारी, प्रदेश सांसद उत्तम बस्नेत, उपमेयर कल्पना राई लगायतले आफ्नो आफ्नो धाराणा राखेका थिए। कार्यक्रममा बोल्दै अधिकांशले बक्ताहरुले अब समृद्ध नेपाल निर्माणको लागि सबै एकजुट भएर लाग्नुपर्ने र अब त्यो नेकपाको नेतृत्वमा मात्रै सम्भव हुने बताइदै नव प्रबेशिहरुलाई पनि उचित जिम्मेवारी दिने बताए। कार्यक्रम पश्चात बाक्लो कार्यकर्ताहरु सहित जिल्लाका नेतृत्वहरुले नाचगान गरि खुसियाली समेत मनाएका थिए।

Photo: Bijaya Tamang

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार