काठमाडौं । आज असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा शनिबार विविध कार्यक्रम गरेर देशभर उल्लासमय संविधान दिवस मनाएको छ । आज परेको संविधान दिवसको अवसरमा सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईसहित सोलुखुम्बुबाट दुई जना प्रबल जनसेवा श्री चतुर्थ पदक, एक जना जनसेवा श्री पन्चमबाट र एक जना राष्ट्र यशोबर्धक अलङ्गकारबाट सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बिभुषित भएका छन ।
उपमेयर कल्पना राईले सामाजिक, राजनीतिक रुपमा जिल्लामा विभिन्न कालखण्डमा गर्नु भएको योगदानको उच्च मुल्यांकन गर्दै जनप्रतिनिधिबाट जिल्लमै पहिलोपटक जनप्रबल सेवा श्री चतुर्थबाट बिभुषित भएका हुन। राई र अर्को समाजसेवी खुम्बु पासाङ ल्हामु गाउपालिका ५ नाम्चेका कान्छा शेर्पा पनि जनप्रबल सेवा श्री चतुर्थबाट बिभुषित भएका हुन। यस्तै जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख सानी शेर्पालाई जनसेवा श्री पन्चमबाट बिभुषित भएका हुन भने पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पा राष्ट्र यशोबर्धक अलङ्गकारबाट बिभुषित भएका हुन। कल्पना राई गत निर्बाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन।
हरेक वर्ष मन्त्री परिषदबाट छनौट हुने उक्त नाम आज संविधान दिवसको अवसरमा घोषणा भएको हो । संविधान सभा २०७७ को अवसरमा महामयिम राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनलाई विभिन्न मानपदवी तथा अलंकारबाट विभूषित गरेको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र किर्तीमानी राख्न विभन्नि क्षेत्रबाट महत्वपुर्ण योगदान पुर्याउनु हुनेलाई देशको संविधान धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा संविधान सभाको दिन राष्ट्रपतिद्वारा सम्मान गरिदै आएको छ ।
जिल्लाबाट एकै पटक ४ जनाले यो बिभुषित हुने सौभाग्य पाउने यो नै पहिलो र ऐतिहासिक विभुषित वर्ष पनि हो । यो बिभुषनले अब अझ राम्रो काम गर्ने थप उर्जा मिलेको र जिल्लावासीले गरेको राम्रो कामको उच्च मुल्यांकन हुन थालेको जनविश्वास बढेको छ । आज सोलुखुम्बु जिल्लामा संविधान दिवससँगै यो बिभुषणले थप खुसियाली छाएको छ ।
बिभुषित सम्पूर्णमा शिखरसन्देश हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ |