

कुनै बान्तावा पुर्खाहरूको मामली सम्बन्ध कुलुङहरूको पुर्खाहरूसँग भएको हुन सक्दछ । सोहीअनुसार बान्तावा पुर्खाहरूले कुलुङहरूको पुर्खाहरूलाई कुरुङ भन्दै आए । पछि कुरुङ शब्द अपभ्रंश भै कुलुङ भएको हुन सक्दछ । हालको कुलुङहरूको पुर्खाहरूलाई यिनै कुलुङ शब्दले चिनिन लाग्यो र कुलुङ पहिचान बाटै भूमिको नाम पनि कुलुङ रहेको हुन सक्दछ । (प्रशासनिक एकाई “महाकुलुङ”) :- नेपालको भौगोलिक एकीकरणपछि माझ किरातमा किपट प्राप्त गर्ने समूहमध्ये कुलुङ पनि पर्दछ । छेम्सी, ताम्सी, राताप्खू, खप्दूलू र पछि तिनका सन्तानहरूले आबाद गरिआएका हूङ्वा उपत्यका (छेम्सी, छेस्खाम, पील्मो, सोत्तो क्षेत्रमा सोताङ, कुलुङ र पील्मोङ् नामक तीनवटा किपटहरू कायम गरिएका थिए । अलग–अलग तीनवटा किपट कायम गरिएको भएता पनि माझ किरात क्षेत्र अन्तर्गत हूङ्वा उपत्यका क्षेत्रलाई एक प्रशासनिक एकाइ कायम गरिएको थियो जसमा तीनवटा किपटहरूलाई जोडि महाकुलुङ कायम गरियो । त्यसपछि हूङ्वा उपत्यकाका भू-भागलाई महाकुलुङ भन्न थालियो । (जाति र भुमिको सम्बन्ध) :- संसारमै अध्यन गर्ने हो भने जाति भनेको भुमि/भूगोलसंग जोडिएको हुन्छ । सभ्यतासंग जोडिएको हुन्छ । जस्तै : किरात भुमिका किराती । जापन भुमिका जापानीस । चाईना भुमिका चाईनिस । र, नेपाल भुमिका नेपाली भने झै महाकुलुङ भुमिका कुलु/कुलुङ जाति हो । थप स्पष्ट पारौं : जाति हुनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरु :- जस्तै : आदिवासी जनजाति सम्बन्धि महासन्धि १९८९, (ILO महासन्धि नं. १६९), आदिवासी जनजाति अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र र नेपालको आदिवासी जनजाती ऐन २०५८ अनुसार पाँच मापदण्ड/आधार चाहिन्छ ( १) छुट्टै साझा भाषा-कुलुङ भाषा/कुलुरीङ (२) साझा संस्कृति- कुलुङ संस्कृति/कुलुरीदुम (३) छुट्टै परम्परागत भुमि- महाकुलुङ (४) छुट्टै सामाजिक संरचना (५) लिखित वा अलिखित ईतिहास । यो आधार/मापदण्ड पुरापुर कुलु/कुलुङ जातिसंग छ । तर, राईरीङ/राईभाषा, राई रीदुम/राई संस्कृति, राई थाम्पु/राईभुमि/भूगोल, राई सभ्यता, राई स्वायत्त प्रदेश, राई ईतिहास, राई बंशवली केहि छैन जसले गर्दा राई जाति हुन सक्दैन । उसोभए राई के हो ? लिम्बु जातिलाई सुब्बा, याक्खा जातिलाई देवान, सुनुवार जातिलाई मुखिया, बाहुन जातिलाई पण्डित, खस जातिलाई काजी, थारु जातिलाई चौधरी, शेर्पा र तामाङ जातिलाई लामा भने जस्तै खम्बुको सन्तान र कुलुङ जातिलाई दिईएको पद/पदवी हो राई । अझ प्रष्ट पारौं :- १) राई = पद/पदवी हो (जसको माथि भनिए जस्तै ५ मापदण्ड/आधार नभएको) २) कुलु/कुलुङ = जाति हो ( माथि उल्लेखित अनुसार ५ वटा मापदण्ड/आधार भएको) ३) रोतेम्बु, ङोपोचो, लोवात्ती, कुबित्ती आदि = थर/पाछा (बाहुन भित्रको दहाल, ओलि, भट्टराई र पौडेल जस्तै । ४) नागरिकता = एक परिचयपत्र मात्र हो । जुन नेपालको नागरिक हो भन्ने बुझाउदछ, यदि हङकङमा कुनै कुलुङ जातिको जन्म भएको भए हङकङ आईडी पाउथ्यो । सो नागरिकताले कुनै जातिको ब्याख्या गर्दैन । ५) नाछिरीङ = १ जना हाम्रो फपा/पुर्खा/बाजेको नाम हो । (ताम्सी, छेम्सी, सोत्तो र पिल्मो जस्तै) अब हेरौ र बुझौं कुलुङ जातिको बैज्ञानिक आधार :- (१) जातिको महलमा :- कुलुङ जाति लेखौ । (२) भाषाको महलमा :- कुलुङ भाषा लेखौ । (३) धर्मको महलमा :- किरात मुद्धुम लेखौ । र, हाम्रो वास्तविक पहिचानको वकालत गर्दै राष्ट्रिय जनगणना २०७८ मा कुलुङ जातिको जनसंख्या स्पष्ट गरौं । नोट :- जात प्रथा अर्थात तल्लो जात र माथिल्लो जात (पानी चल्ने र नचल्ने जात) हिन्दुबर्णास्श्रम/हिन्दु शास्त्र/धर्ममा मात्र हुन्छ । आदिवासी भित्र जात हुदैन जाति हुन्छ । त्यसैले जात हैन जातिको वकालत गरौं ।

