मृतकका परिवारले पाए २० लाख ७२ हजार रुपैयाँ

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. जिल्ला शाखा सोलुखुम्बुले मृत्यु दावी बापत २० लाख ७२ हजार रुपैयाँ भुक्तानी प्रदान गरेको जनाएको छ ।

२०७७ असोज ६ मंगलवार गते सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आफ्नै निवास अगाडीको हाइटेन्सनमा करेन्ट लागेर मृत्यु भएका माप्य दुधकोशी गाउँपालिका ५ नं. वडाध्यक्ष निमराज तामाङलाई जीवन बीमा बापतको रकम स्वयं श्रीमती सिता तामाङलाई २० लाख ७२ हजारको चेक आज बीमितको घरमै पुगेर एक कार्यक्रमवीच हस्तान्तरण गरिएको हो ।

मृतक तमाङले २०७५ साल असोज १६ गते सुरक्षित जीवन वीमा योजना अन्तरगत १० लाखको २१ बर्षे जीवन वीमा गरेका थिए । ३९ बर्षिय तामाङको सल्लेरी च्याल्सा विद्युत कम्पनीको हाइटेन्सन लाइनमा करेन्ट लागेर मृत्यु भएको थियो । दुर्घट्ना सेवा लाभ वापत १० लाख र १ बर्षको वोनस ७२ हजार गरी एकमुष्ठ रकमको चेक संघिय सासंद हेमकुमार राई (सुरवीर) र प्रदेश सासंद बुद्धिकुमार राजभण्डारीले संयुक्त रुपमा मृतकका श्रीमतीलाई हस्तान्तरण गरेको सो कम्पनीले जनाएको छ ।

तमाङलाई बुद्ध धर्म अनुसार सातौ दिनमा गरिने विशेष पाठ पुजाको अवसर पारी सो मृत्यु दावी भुक्तानी गरिएको कम्पनीले जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. जिल्ला शाखा सोलुखुम्बुका म्यानेजर प्रकाश वावु कार्कीका अनुसार नेपाल लाइफमा नै मृतक तामाङ जीवन सारथी योजनामा अर्को वीमा रहेको र सो वीमा विराटनगर शाखाबाट पोलिसी जारी भएको र हाल कोभिडका कारण विराटनगर शाखा बन्द भएकोले केही समयपछि सो भुक्तानी पनि दिइने जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार