काठमाडौं । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, सल्लेरी निवासी माप्य दुधकोशी गाउँपालिका वडा नं. ५ को तर्फबाट २०७४ को स्थानीय निर्वाचनमा जननिर्वाचित वडाध्यक्ष श्री निमराज तामाङ ज्यूको ३९ वर्ष अल्पायूमै निधन भएको खबरले काँकु समावेशी विकास समिति काठमाडौं परिवार तथा सिंगो समुदायलाई नै मर्माहत तुल्याएको छ । विकासप्रेमी, ऊर्जाशिल, निष्ठावान तथा उदयमान युवा कुशल नेतृत्वको असामयिक, अप्रत्यासित र अकल्पनीय निधनले गाउँपालिका एवं सिंगो समुदायलाई अपुरणीय क्षति पुगेको छ । उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दुःखद घडीमा शोकाकुल परिवार, आफन्तजन, माप्य दुधकोशी गाउँपालिकाबासी तथा आम जनसमुदायहरुमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति प्राप्त होस् भन्ने कामना सहित स्व. श्री निमराज तामाङ प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।
अब सम्झनामा मात्र सिमित रहे निमराज तामाङ
