शिखरसन्देश, काठमाडौं । प्रदेश नम्बर ०१ अन्तर्गत रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर ०४ को तुमाउमा स्वास्थ चौकी निर्माणको लागि मनकारी ब्यक्तिहरु सन्च बहादुर कुलुङ, छोरा प्रदिप कुलुङ साथै सम्पुर्ण घर परिवार र भिमल धनी कुलुङ, श्रीमान अनन्त कुलुङ साथै सम्पुर्ण घर परिवार त्यस्तै धरेन्द्र कुलुङ र प्रतीक्षा कुलुङ लगायत सम्पुर्ण घर परिवारले आवश्यक निशुल्क जग्गा उपलब्ध गर्नु भएको छ । जग्गा धनीहरुले विगतमा पनि सामाजिक कार्यको लागी पटकपटक सहयोग पुर्याउदै आउनु भएकोमा अझै थप यस्तै यस्तै सहयोगको आशा व्यक्त गर्दै सम्पुर्ण सहयोगी दाताहरुलाई ०४ नम्बर वडा परिवारको तर्फबाट धन्यवाद समेत दिईएको छ ।
सोही उपलब्ध जग्गा ०४ नम्बर वडामा यहि आर्थिक बर्ष भित्रै ४ कोठे बिल्डिङ सहितको स्वास्थ चौकी निर्माण सम्पन्न हुने कुरा ०४ नम्बर वडाका वडा अध्यक्ष जयकुबेर कुलुङले जानकारी दिनु भएको छ ।
नेपाल सरकारको तीन तहको सरकार गठन भएपछि सबै स्थानीय तहका प्रत्येक वडा(वडामा एक(एक स्वास्थ चौकीको अवधारणा सरकारले ल्याएको थियो सोही अनुरुप ०४ नम्बर वडामा स्वास्थ चौकी निर्माण हुन लागेको हो । स्वास्थ चौकी निर्माण हुन लाग्दा महाकुलुङ गाउँपालिका ०४ नम्बर वडाको आम जनताले खुशी व्यक्त गर्न थालेका छन् ।