काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुका लागि प्रचारप्रसार विभागको प्रमुखमा जिल्ला सदस्य नवीन थापालाई पार्टीले मनोनयन गरेको जिल्ला पार्टी
सभापति विनोद कुमार वस्नेतले बताए ।
नेपाली कांग्रेसको विधान २०१७ को संशोधन सहित र नियमावली २०७६ को धारा १२ उपधारा ७ को (ख)अनुसार २०७६ को परिच्छेद को दफा ४८ को उपदफा ३ को ५ अनुसार थापालाई उक्त बिभागीय जिम्मेवारीमा मनोनयन गरेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।
सो बिभागमा उपप्रमुखको जिम्मेवारी धर्मराज सुनुवार रहेका छन् भने सचिबमा हेमराज शर्मा कटेल रहेका छन।त्यस्तै सदस्यहरुमा अमृत राई, टंकीमाया वस्नेत, उत्र राई, सुमन राई, चुडामणि कोइराला, निशान बस्नेत, देबिध्वज खड्का, वुना वस्नेत, द्रोण वन, फुनुरु शेर्पा र सन्देश रसाइली रहनुभएको कांग्रेस सोलुखुम्बुले जनाएको छ। सबै मनोनित पदाधिकारिहरुलाई कार्यकाल सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ – शिखरसन्देश टिम
photo: facebook