शिखरसन्देश, काठमाडौं । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका विहीबारेमा नेपाली काँग्रेसको एक वृहत कार्यक्रम सम्पन्न भएको छ । उक्त सम्पन्न भएको कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बल बहादुर केसीले कम्युनिस्टले आफ्नै घर आगो लगाई सक्यो अब अरुको घर आगो लगाउँन बाँकी छ भन्ने आरोप समेत लगाउँनु भएको छ ।
नेपाली काँग्रेसद्वारा आयोजित सुदृढीकरण कार्यक्रममा नेचासल्यानको बिहिवारेमा भएको कार्यक्रमको प्रमुख अथितीको आसनबाट बोल्दै केसीले त्यस्तो बताउँनु भएको हो।कार्यक्रममा जिल्ला सभापति विनोद बस्नेत सहसचिव कुशराज राई महासमितिहरु खिलराज वस्नेत जय प्रसाद राई छिण्डील्हमु शेर्पा लगाएतका जिल्ला स्तरीय नेताहरूको उपस्थिति थियो।कार्यक्रममा घटराज खड्का, दिपक भट्टराई र नेत्र कटेल सहित दर्जनौ नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेको प्रचारप्रसार प्रमुख नवीन थापाले जानकारी दिनुभयो।नवप्रवेशीहरुलाई पुर्व मन्त्री केसी सभापति वस्नेत अन्य जिल्ला स्तरीय नेताहरूले स्वागत गर्नुभयो।
कांग्रेस सोलुखुम्बुले आफ्नो कार्यक्रम संगठन सुदृढीकरण अभियान जारी राखेको छ।थुलुङ दुधकोशी बाट सुरु भएको अभियान हिजो नेचासल्यानमा शुभकामना आदनप्रदानका साथ नीर कुमार शर्माको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको प्रमुख थापाले जानकारी दिनुभयो ।
Foto: Nabin thapa facebook