गीतकार ममता राईको तारे भिर सार्बजनिक

काठमाडौं । गीतकार ममता राई “यात्री” को नयाँ गीत “तारे भिर” सार्बजनिक भएको छ। सोलुखुम्बुको साबिक जुभिङमा जन्मिएका राई केहि समय देखि कर्मथलो अमेरिका बनाउदै आए पनि मन भने नेपाली गित सङ्गीत छोडेर कतै जान सकेनन् । गितको अलवा समाजसेवामा समेत अग्रसर देखिएका राईले थुप्रै दिन दुःखिहरुलाई आफ्नै नामको ममता फाउन्डेसन मार्फत जन्मथलो जुभिङमा सहयोगी हातहरु फैलाउदै आएका छन् ।
राईले पहिला देखि नै थुप्रै गीतहरु बजारमा ल्याएका थिए। बजारका थुप्रै गीत श्रोताहरुले मन पराएपछी उनले फेरि “तारे भिर” ल्याएका हुन् । तारे भिर पुर्बेली लोकभाकामा रेहेको अत्यन्तै मीठो गीतमा म्युजिक भिडियो समेत निर्माण भएको छ । ममता राईको शब्द रहेको यश तारे भिरमा सङ्गीत क्षेत्रका एक होनाहार अग्रज कलाकार कृष्ण भक्त राई र अहिलेका सु परिचित गायिका सुनिता थेगिमले स्वर भरेका छन भने सङ्गीत पनि कृष्ण भक्त राई कै रहेको छ।
म्युजिक भिडियोमा भने बहु-प्रतिभाशाली युवा तथा मोडेल शान्ती राज राई र निशा लिम्बुलाई देख्न सकिन्छ । काठमाडौ आसपास नै छायांकन गरिएको उक्त भिडियो गीतकार ममता राईको आफ्नै अफिसियल युट्युब च्यानल ममता राईबाट सार्बजनिक भएको हो। सार्बजनिक भएको केही घन्टा भित्रै दर्शक श्रोताहरुले धेरै माया गरेर मीठो प्रतिक्रिया समेत दिएका छन। नेपाली गित संगीतलाई आफ्नो कर्मसङ्गै यसरी नै माया गर्दै सफलता चुम्दै जावोस हाम्रो पनि निरन्तर प्रगतिको हार्दिक शुभकामना !
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार