काठमाडौं । आर्थिक अभावका कारण उपचार गराउन नसकेका विरामी अमित राईलाई केहि आर्थिक सहयोग जुटेको छ ।
सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउपालिका – ४ का २२ वर्षीय बालक अमित राई लडेर सख्त घाइते भइ अप्रेशन गर्नुपर्ने भएकाले उनको उपचारका लागि नेपाली काँग्रेस सोलुखुम्बु– काठमाडौं सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ । राईको आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचारका लागि आर्थिक सहयोग रु.२७,०००/-(अक्षरेपी सताइस हजार) हस्तान्तरण गरेको छ ।
आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेका राईलाई नेपाली काँग्रेस सोलुखुम्बु–काठमाडौं सम्पर्क समितिको पहलमा रकम संकलन गरी एक भेटघाट कार्यक्रमबीच हस्तान्तरण गरियो । उक्त रकम नेपाली कांग्रेस सोलु–काठमाडौँ सम्पर्क समितिका उपसभापति एवम् काँकु समाबेसी काठमाडौका अध्यक्ष चन्द्र बहादुर राई, नेपाली कांग्रेस सोलु–काठमाडौँ सम्पर्क समितिका कोषाध्यक्ष नबिन कार्की, सदस्य उत्र राई लगायत अन्य सहयोगदाताहरुको बाग्लो उपस्थिति बीच हस्तान्तरण गरेको उपसभापति चन्द्र बहादुर राईले शिखरसन्देशलाई बताए ।