काठमाडौं । नेपाली काँग्रेस सोलुखुम्बुले संगठन सुदृढीकरण अभियानलाई पुनः निरन्तरता दिएको छ, आज थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमको लामुडाँडा आधारभुत विद्यालयमा वडा सभापति पदम ब. राई को सभापतित्व एवं नेपाली काँग्रेस महासमिति सदस्य जयप्रसाद राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले वर्तमान स्थानीय सरकारका प्रतिनिधिहरुको व्यबहार र कार्यशैली अत्यन्तै अराजक र राणाकालीन शासकको जस्तो जनविरोधी रहेको र यसको जवाफ काँग्रेसले जिम्मेवारभइ राजनैतिक तवरले दिने, काँग्रेस सँधै संयमित भै अगाडि बढ्ने अन्त्यमा जित काँग्रेसकै हुने बताउनुभयो ।
त्यस्तै विशिस्ट अतिथि नेपाली काँग्रेस जिल्ला सहसचिव कुशराज राईले अहिले माथिदेखी तल्लो तहसम्म जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त रहेको, विभिन्न शिर्षकमा खुल्लेआम भ्रस्टाचार भएकोबारे जनतालाई सु-सुचित गराउनुपर्ने यसैगरी जानाजान जनताको भविस्य र जनताको अधिकार विरुद्ध खेलवाड गरिरहे काँग्रेसले जनताको साथ लिएर कडा कदम चाल्न तयार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व जिल्ला सदस्य भक्त ब. गुरुङ , जिल्ला सदस्य एवं प्रवक्ता सन्तोष कट्टेल, पुर्व तरुण दल अध्यक्ष एवं युवानेता जीवन गुरुङ , गाउँपालिका सभापति महेन्द्रदीप राई, तरुण दल जिल्ला सचीव शेखर बस्नेत, ने. का. पालिका सदस्य खेम ब. गुरुङ, नेपाल लेखक संघ सोलुखुम्बुका अध्यक्ष सुवास सङगम राई, ने. वि. संघ जिल्ला उपाध्यक्ष जीवन बस्नेत लगायत ले बोल्नुभएको थियो भने सयौंको उपस्थिति रहेको थियो। यसैबीच फुरा पासाङ तामाङको अध्यक्षतामा २६ सदस्यीय नेपाली काँग्रेस वुथस्तरिय टोलसमिती गठन गरिएको छ, समितिको उपसभापतिमा दाडेन्डी शेर्पा ,सचिवमा लाक्पा तामाङ ,सह सचिवमा रामकाजी तामाङ, कोषाध्यक्षमा छम्जी शेर्पा रहेका छन।