माप्यमा १५ शैयाको प्राथमिक अस्पताल सञ्चालन

काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ मा निर्माण गरिएको १५ शैयाको प्राथमिक अस्पतालको उद्घाटन शनिबार एक कार्यक्रमबीच सम्पन्न गरिएको छ ।
वडा नं. ३ खास्तापस्थित ईलाका स्वास्थ्य चौकीलाई गाउँपालिका प्राथमिक अस्पतालमा स्तरोउन्नती गरिएको हो । सो अस्पताल संघीय सरकारको सहयोगमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सोलुखुम्बु प्रदेश सभा ‘ख’का सांसद एवं नेकपा प्रदेश १ का संसदिय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले कार्यक्रमलाई सम्बोध गर्दै – सर्वोच्च शिखर सगरमाथा जाने विश्वका नागरिकहरुले सो अस्पतालबाट सेवा लिने विश्वास व्यक्त गरे । विकासमा तीनै तहको सरकार एक हुन आवश्यक रहेको बताउँदै राजभण्डारीले अस्पताल सञ्चालनका लागी प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।
नागरिकलाई सेवा दिने सवालमा कम्युनिष्ट सरकारले गरेको प्रयास देखेर विपक्षीहरु आत्तिएकोे भन्दै आफुहरु जनसेवामा सधै एक कदम अघि रहेको राजभण्डारीको भनाई थियो ।
यस्तै विशिष्ट अतिथि नेकपा सोलुखुम्बुका अध्यक्ष मानबीर राईले कम्युनिष्ट सरकारले विकासमा गरेको कायपलट देखेर विकास विरोधीहरु गलत प्रचारमा जुटको भन्दै हल्लाको पछि नलाग्न सबैलाई आग्रह समेत गरे ।
माप्य दुधकोशी गाउँपालिकामा सञ्चालन भएको अस्पताल नाम मात्रैको नभई गुणस्तरिय स्वास्थ्य सेवासहितको हुने गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताए । नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकार गम्भिर भएको कारण अस्पताल उद्घाटन गर्न सफल भएको बताउँदै उनले सामान्य स्वास्थ्य सेवाका लागि ठुलो रकम खर्च गरेर टाढा जानु पर्ने माप्यबासीको बाध्यता हटेको समेत बताए । गाउँपालिकामा बिकास भएन भनेर भ्रमको खेती गर्नेहरुको लागि यो गतिलो जवाफ भएको अध्यक्ष राईले बताए ।
नेपाल सरकारले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा मंसिर १५ गते एकै पटक अस्पतालको शिलान्यास गरेको थियो ।
प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रम सरकारले कोरोना–१९ महामारी नियन्त्रण गर्न बनाएको स्वास्थ्य मापदण्ड पालना गरी स्थानीय आमजनताहरुको बाक्लै उपस्थितिमा कार्यक्रम सम्पन्न भएको समेत अध्यक्ष राईले शिखरसन्देशलाई बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार