काँकु समावेशीको एम्बुलेन्स खरिद अभियान सफल

काठमाडौं । काँकु समावेशी विकास समिति काठमाडौंले एम्बुलेन्स खरीद गरेका छन् । संस्थाले माप्य दुधकोशी गाउँपालिका लगायत आसपासका गाउँपालिका/नगरपालिका साथै देशैभरी सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन् ।

महिन्द्रको बलेरो एम्बुलेन्स झण्डै ४२ लाख पर्ने भएपनि भन्सार छुटमा साढे १२ लाखमा खरीद गरेर औपचारिक उद्घाटनपछि गाउँपालिका/नगरपालिकाका नागरिकहरुलाई सेवा दिने तयारी भइरहेको छ । सोलुखुम्बु जिल्लाको विकट ठाउँ माप्य दुधकोशी गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए । काँकु समावेशी विकास समिति काठमाडौंको अथक प्रयास पछि सहयोग रकम जुटाएर भए पनि एम्बुलेन्स खरीद गर्ने बाचा पुरा गरेको छ ।

सोलुखुम्बु जिल्लामा विभिन्न संघ/संस्थाबाट प्राप्त एम्बुलेन्सहरु व्यवस्थापनको कमीले गर्दा केही बिग्रिए  रहेको एम्बुलेन्सले पर्याप्त नभएपछि यस संस्थाले माप्य दुधकोशी गाउँपालिका विशेष प्राथमिकतामा राखी खरिद गरेको हो ।

आजै मात्र संस्थाको महासचिव तिलक राईले एम्बुलेन्स कम्पनीबाट छुटाएर संस्थाको रोहबरमा ल्याएको छ । यस एम्बुलेन्स खरिद अभियान २०७५ सालदेखि सुरुवात गरेतापनि विभिन्न कारणले गर्दा यो वर्ष मात्र खरिद गर्न सफल भएको हो ।

एम्बुलेन्स खरिद अभियानमा साथ दिनुहुने सम्पूर्ण सहयोगदाताहरुलाई संस्थाको आगामी ०७६/०७७ को वार्षिक कार्यक्रमसँगै विशेष सम्मान समेत गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार