नेपाली कांग्रेसको देशव्यापी सरकारविरुद्ध विरोध प्रर्दशन

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बल बहादुर केसी सोलुमा गर्जिए

काठमाडौं । देश संकटमा पर्यो – बचाउँने जिम्मा कांग्रेसलाई आयो -पुर्व मन्त्री केसी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बल बहादुर केसीले देश संकटमा परेको बताउँनु भएको छ। नेपाली कांग्रेसले आज देशव्यापी सर्वसत्तावादी सरकार विरुद्ध विरोध प्रर्दशन गरि रहेको बेला पुर्व मन्त्री केसीले सल्लेरीको आमसभालाई सम्बोधन गर्दै कांग्रेसले जनतालाई नेकपा सरकारबाट भएको थिचोमिचो माथि आवज उठाउन कांग्रेस जागेको बताउँनुभएको छ ।

उहाँले देशमा चरम भ्रष्टाचार बिदेशी राष्ट्रको चलखेल लगाएतका कारण देश संकटमा परेको आरोप लगाउँनु भएको हो। नेकपाले सत्तामा किचकिच र आन्तरिक कलहले जनताले धेर दुख पाएको र अब देश कांग्रेसले बाहेक अरु पार्टीले बचाउँ नै नसक्ने केसीको भनाई छ उहाँले भ्रष्टाचारको नाईके केपी वली भएको बताउँनु भएको छ।जिल्लामा भएको सडक,हवाई मैदान,सञ्चार,विद्यालय लगाएतको श्रेय कांग्रेसलाई जाने दोहोरयाउनु भएको छ एक नंम्वर प्रदेशको नाम सगरमाथा राख्नु पर्ने स्पष्ट पार्नु भएको छ लगाएतको कार्यक्रम जिल्ला सभापति विनोद कुमार वस्नेतले कम्युनिस्ट सरकारले काम गर्न नसकेको देखेर कांग्रेसमा प्रवेश गर्ने लर्को बढेको बताउँनु भएको छ।कम्युनिस्ट देखि जनता वाक्क भैयो भन्ने जनताको मत बढेको बताउँनुभएको छ।

केसीले जिल्लामा भएको विकासको अझै नेतृत्व गर्ने भन्नुभएको छ। कांग्रेसको किल्ला सोलुखुम्बुमा पनि विरोध प्रर्दशन भएको छ।मंसिर १७ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहार देखि रुष्ट भएको कांग्रेसले कम्युनिस्ट सरकारलाई चेतावनी स्वरुप कार्यक्रम गरेको कांग्रेस सोलु जनाएको छ।पार्टी कार्यलय वसन्त बजारबाट जुलुस र नारा सहित नयाँ बजार हुदै तिनकुने हुदै प्रशासन अगाडी आएर कोणसभामा परिणत भएको थियो संघीय लोकतान्त्रिक, गणतन्त्र नेपाल -जिन्दवाद नेपाली कांग्रेस जिन्दवाद यस्तै सर्वसत्तावादी ओली सरकार- मुर्दावाद तनहुँमा भएको दुर्व्यवहार -अपमान र अत्याचार लगाएतका नारा लगाउँदै सयौं कांग्रेसीहरु उपस्थित भएका थिए।

कार्यक्रमलाई उद्योग व्यपार विभागका केन्द्रिय सदस्य प्रकाश सिंह कार्की सोलु दुधकुण्ड नगरपालिका मेयर नामगेल जाङ्बु शेर्पा आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आङछिरिङ शेर्पा नेपाल कांग्रेस सोलुखुम्बुका सहसचिव कुशराज राई,नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कटेल नेपाली कांग्रेसका सोलुखुम्बुका नेता शुभराम बस्नेत सोलु काठमाडौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत नेबिसंघ सोलुखुम्बुका सभापति अश्बिन बाबू थापा,नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा नेपाल महिला संघका अध्यक्ष छिण्डील्हमु शेर्पा नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म नेपाली लगाएतका नेताहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा बोल्ने अधिकांशले देशमा देहव्यपार र भ्रष्टाचार नेकपा सरकारले चरम रूपमा बडायो भन्ने धारणा राखेका थिए।साथै जनताले सुरक्षित हुन पाएनन् ऊनीहरुलाई चैन जनतालाई ऎन कहिले सम्म भनेर प्रश्न गरेका थिए।कार्यक्रम नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद कुमार वस्नेतको सभापतित्व तथा पुर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसीको प्रमुख आथित्यतामा कार्यक्रम सल्लेरीमा सम्पन्न भएको हो।कार्यक्रममा सयौं नेता तथा कार्यकर्ता र जनताको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार