माप्यमा काँकु समावेशीले २४ सै घण्टा एम्बुलेन्स सेवा सञ्चालन गर्ने

काठमाडौं । सोलुखुम्बु जिल्लाकोे पुर्वी उत्तरी भेगको बिकट माप्य दुधकोशी गाउँपालिकामा एम्बुलेन्स सेवा सुचारू गरिने भएको छ । काँकु समावेशी विकास समिति काठमाडौंद्वारा सञ्चालन गरिने एम्बुलेन्स सेवाले गाउँका स्थानीयहरुलाई सहज रुपमा सेवा दिने गरी संचालनमा ल्याएको हो ।

गाउँपालिकाका नागरिकहरुले बिरामी भएका बेलामा अकालमै ज्यान गुमाउने गरेकाले उनीहरुको समयमै उपचार गराउने र ज्यान जोखिमबाट बचाउनका लागि काँकु समावेशी विकास समिति काठमाडौंले एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याएको हो । समावेशी अध्यक्ष राईले शिखरसन्देशसँग भनेः “अब आफ्नै एम्बुलेन्स भएपछि जिल्लाभरी सहुलियत दरमा सेवा दिन्छौँ । कोही बिरामी पर्दा एम्बुलेन्सको खोजीमा घण्टौ समय खर्चिनुपर्ने र हेलिकप्टर जस्तो महँगो चार्टर गरी उपचारमा उपत्यका ल्याउनु पर्ने बाध्यताको अन्त्य भएको” समेत अध्यक्ष राईको भनाई छ ।

माप्य गाउँपालिकामा रहेका विपन्न, गरिब, जेष्ठ नागरिक, असहाय, अपांग, दलित, पिछडिएका, गर्भवती, घाइते विरामीलाई विशेष छुटका साथ सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवा सुचारु गरेको काँकु समावेशी विकास समिति काठमाडौंले जानकारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार