काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिगमन विरुद्ध संघर्ष समिति, सोलुखुम्बु र सोलु–काठमाडौं सम्पर्क मञ्च संघर्ष परिचालन समितिको संयुक्त आयोजनामा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा अध्यक्षद्वय क. पुष्प कमल दाहाल प्रचण्डको प्रमुखता र क. माधव नेपालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा बिभाजन भएको भन्दै प्रधानमन्त्री केपी ओलीले भ्रम छर्न खोजेको आरोप लगाउंदै अनावश्यक भ्रममा नलाग्न कार्यकर्ताहरुलाइ सुजाएका छन ।
काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै क. दाहालले सो कुरा बताएका हुन । पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफुखुसी काम गर्दै आएका कारण अहिलेको अवस्था आएको धारणा राख्दै दाहालले आफुले नेतृत्व गरेको नेकपा नै मुल पार्टी भएको दाबी गरे। ओलीपक्षका नेताहरुसंग आफ्नो निरन्तर छलफल भइ रहेको जानकारी दिदैं उनले मन्त्री, सांसददेखि अन्य नेताहरु छिटै आफ्नो पक्षमा आउने समेत आशा व्यक्त गरेका थिए।
त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले समस्या पार्टी भित्रको नभएर संविधान र लोकतन्त्रको रक्षाको लागि भएको बताए । उनले निर्वाचन आयोग र अदालतले नियम र संविधान अनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे ।
सम्पन्न कार्यक्रममा स्थायी कमिटी सदस्य एवं १ नं. प्रदेश इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य एवं १ नं. प्रदेश सह–इन्चार्ज सावित्री कुमार काफ्ले, केन्द्रीय सदस्य तथा नेकपा सोलुखुम्बुका इन्चार्ज हेमकुमार राई ‘सुरबीर’ र अर्का केन्द्रीय सदस्य शिव बहादुर बस्नेत ‘राजेन्द्र’ ले समेत राजनीतिक स्थितिको बर्तमान सन्दर्भबारे कार्यकर्ताहरुलार्इ प्रशिक्षित गराएका थिए। प्रशिण भेला कार्यक्रममा जिल्ला तहका नेता तथा अन्य विभागीय कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको प्रशिक्षण कार्यक्रम संघर्ष समितिका संयोजक आङङिमा लामाको सभापतित्वमा सम्पन्न भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिगमन विरुद्ध संघर्ष समिति, सोलुखुम्बु र सोलु–काठमाडौं सम्पर्क मञ्च संघर्ष परिचालन समितिद्वारा राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहाले सो कुरा बताएका हुन । पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफुखुसी काम गर्दै आएका कारण अहिलको अवस्था आएको धारणा राख्दै दाहालले आफुले नेतृत्व गरेको नेकपा नै मुल पार्टी भएको दावी गरे। ओलीपक्षका नेताहरुसंग आफ्नो निरन्तर छलफल भइ रहेको जानकारी दिदैं उनले मन्त्री, सांसददेखि अन्य नेताहरु छिटै आफ्नो पक्षमा आउने आशा व्यक्त गरेका थिए।
त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले समस्या पार्टी भित्रको नभएर संविधान र लोकतन्त्रको रक्षाको लागि भएको बताए । उनले निर्वाचन आयोग र अदालतले नियम र संविधान अनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे ।