नेकपा (एमाले) खनाल-नेपाल समूहको सोलुखुम्बुमा १७८ सदस्यीय जिल्ला कमिटी गठन सम्पन्न

काठमाडौं ।नेकपा (एमाले)का नाममा समानान्तर गतिविधि गर्दै आएको माधव नेपाल- झलनाथ समूहले सोलुखुम्बु जिल्ला कमिटी गठन गरेको छ।

नेकपा प्रदेश कमिटी सदस्य आङङिमा लामाको उपस्तिथिमा शनिबार एक पत्रकार सम्मेलनको आयोजना गरेको हो । सम्पन्न भेलाबाट १७८ सदस्यीय जिल्ला कमिटी गठन गरेको घोषणा गरेको हो। घोषित कमिटीमा नेकपा एमालेको जिल्ला कमिटी र गाउँपालिका कमिटीमा सक्रिय नेता कार्यकर्ताहरुको नाम समाबेश गरिएको छ । नाम समाबेश भएका कतिपयले आफुहरु नेकपा एमालेको मूलप्रवाहमा रहेको बताउंदै सामाजिक सन्जालमार्फत नेपाल-खनाल समूहले भ्रम फैलाउन खोजेको भन्दै आपत्ति प्रकट गरेका छन् ।

गठित समूहले यो भन्दा अगाडी दोर्जी जाङ्बु शेर्पा अध्यक्ष र डिल्ली राई सचिब रहने गरि समानान्तर कमिटी समेत गठन गरेको थियो । सोही कमिटीलाई निरन्तरताका लागि बिस्तार गरि जिल्ला कमिटीमा १७८ जना पुर्‍याईएको नेकपा प्रदेश कमिटी सदस्य सौमान राईले शिखरसन्देशलाई जानकारी दिए ।

को-को छन् समितिमा:

प्रतिक्रिया दिनुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार