सांसद राईको पहलमा अक्सिजन प्लान्ट स्थापना र सुविधा सम्पन्न आईसोलेसनका लागि ७५ लाख बिनियोजन

सरकारले प्राथमिकताका साथ पर्याप्त बजेटको ब्यबस्था नगर्दा दुर्गम जिल्लाका जनताले महसुस गर्ने गरि बिकास आयोजनालाई अगाडी बढाउन नसकिए

काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज  एवम्  संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई (सुरबीर)ले अर्थमन्त्री पौडेललाई भेटी सोलुखुम्बु जिल्लाको बिकासका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गर्न आग्रह गरेका छन्।

आगामी बर्षका लागि सरकारले बजेटको तयारी गरिरहेका बेला सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटी सांसद राईले आगामी बजेटमा सोलुखुम्बुको भौतिक पुर्वाधार लगायत समग्र क्षेत्रमा जनताले अनुभूत गर्ने सकोस् भन्ने लक्ष्यका साथ बजेट बिनियोजन गर्न अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएका हुन्।

सरकारले प्राथमिकताका साथ पर्याप्त बजेटको व्यवस्था गर्न नसक्दा दुर्गम जिल्लाका आम नागरिकहरुले महसुस गर्ने गरि बिकास आयोजनालाई अगाडी बढाउन नसकिएको गुनासो सांसद राईको थियो। सांसद राईले जिल्लामा अल्पकालीन र दीर्घकालीन बिकास आयोजनाबारे अर्थमन्त्री पौडेललाई जानकारी गराउँदै आगामी आर्थिक बर्षको बजेटमा सोलुखुम्बुको भौतिक बिकासलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न सांसद राईले आग्रह गरेका छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको दोस्रो पटकको कोभिड – १९ को संक्रमणबाट जोखिममा परेको जनताको स्वास्थ्य रक्षाका लागि जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न र सरकारले मापदण्ड अनुसार आइसुलेसन सेन्टर बनाउनका लागि आवश्यक बजेट बिनियोजन गर्न मन्त्री पौडेलसंग आग्रह गरेका थिए । सांसद राईले जिल्लामा रहेका ८ वटै स्थानीय तहहरुलाई व्यवस्थित आईसोलेसन बनाउनका लागि उपलब्ध गराउने भनिएको ४०/४० लाख बजेट केन्द्र सरकारले तत्काल उपलब्ध गराउन समेत आग्रह गरेका छन् ।

अर्थ मन्त्रालयद्वारा एकैपटक १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडान र हाई डिपेन्डेन्सी यूनिट (एचडियू) जडानका लागि प्रक्रिया अघि बढाउन १७ करोड ८७ लाख ७० हजार बजेट स्विकृत गरिएको छ ।

Foto: Facebook

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार