काठमाडौं । नेपालको उत्तरपूर्वीमा रहेको सगरमाथा पर्यटन क्षेत्रको लाइफ लाइन नै बन्दै गएको छ । ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाको आरोहण क्रममा एकपछि अर्काको होडबाजी घटेको छैन । सगरमाथाको आरोहण गर्न र कृतिमानी तोड्नलाई होडबाजी चलि रहेको शिलशिलमा खालिङ समुदायको अर्को साहासिक कृतिमानी युवा टेक बहादुर खालिङले बिश्वकै अग्लो हिमाल सगरमाथामा (८,८४८ मि.) को सफल आरोहण गरेका छन् ।
खालिङ सानै उमेरदेखि कुहिरेहरुको भारी बोकी हिमाल तिर भरियाका रुपमा जाने गर्दथे । यही बखत नै उनीमा हिमाल आरोहण गर्ने इच्छा जागेको थियो । पछि कुहिरेहरुकै गाइडको रुपमा रही हिमाल चढाउने काम समेत गरेका थिए । अन्ततः खालिङले मिति २०७८/०२/१७ गते तदनुसार 31, May 2021 मा आफुसहितको टोलीले बिहान (05:20-08:45 ) बजे सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्न सफल भए । यति मात्र होइन खालिङले यस अघि नै २०६७/०२/०१ मा पहिलो पटक बिश्वको तेस्रो उच्च हिमाल८५८६मिटर अग्लो कञ्चनजंघाको समेत सफल आरोहण गरेका थिए ।
आरोही खालिङ माप्य दूधकोशी गाउँपालिका वडा नं. २, राप्छा निवासी श्री हस्त बहादुर खालिङ (छमल्लाल) का जेठा सुपुत्र हुन् । उनी खालिङ समुदायभित्रको युवा सफलपर्यटन व्यवसायी एवम् समाजसेवी हुन् । सगरमाथा सफल आरोहण गरेका खालिङले आधार शिविरबाटै पुनः अर्को ल्होत्से (8516m.) हिमाल समेतको आरोहण तैयारी रहेको समेत किरात खालिङ राई उत्थान संघको निवर्तमान अध्यक्ष अर्जुन खालिङ (मज्जबर) ले जानकारी शिखर सन्देशलाई दिएका छन् ।
विश्वव्यापी फैलिएको कोरोना महामारीका बेला विश्वकै अग्लो चुचुरो सगरमाथामा सफल आरोहण हुनुले अब नेपाल मध्यपूर्वी मुलुकहरुका लागि आर्कषक गन्तव्यका रुपमा खुल्यो भन्ने ठूलो सन्देश प्रवाह भएको छ । सगरमाथा सफल आरोहणले सिंगो खालिङ समुदाय र नेपालीको शिर उँचो मात्र बनाएनन् पर्यटन व्यवसायसमेत थप उचाईमा पु¥याएका छन् । सफल आरोहीलाई सगरमाथा जतिनै उच्च बधाई एवम् शुभकामना–शिखरसन्देश ।
खालिङ समुदायमा पर्यटन व्यवसायसँग जोडिएर सर्वोच्च शिखर सगरमाथा नै नचढे पनि थुप्रै अन्य विश्वको हिमश्रृंखलाहरुको सफल आरोहण गरेका छन् । जसमा हालसम्म भने सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्ति दुधकुण्ड नगरपालिका टाक्सिन्दु निवासी चन्द्रश्वर खालिङ दोस्रो माप्य दुधकोशी गाउँपालिका वडा नं. २ का पञ्चे खालिङ र तेस्रो आरोही माप्य दुधकोशी गाउँपालिका वडा नं. २ कै टेक बहादुर खालिङ रहेको छन् ।