सगरमाथाको चुचुरोमा पुगे टेक बहादुर खालिङ

काठमाडौं । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नं. २, राप्छा निवासी विद्यार्थी बचत कोषका सल्लाहकार टेक बहादुर खालिङले बिश्वकै अग्लो हिमाल सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहण वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् । ८ हजार ८ सय ४८ मिटरको उचाईमा रहेको सगरमाथाको आरोहण गर्न र कृतिमानी तोड्नलाई होडबाजी चलि नै रहेको छ । यसै शिलशिलामा खालिङले सफलतापूर्वक साहासिक कार्यको बाजी मारेका छन् ।

सानै उमेरदेखि कुहिरेहरुको भारी बोकी हिमाल तिर भरियाका रुपमा जाने गर्दथे । यही बखत नै उनीमा हिमाल आरोहण गर्ने इच्छा जागेको खालिङले  मिति २०७८/०२/१७ गते तदनुसार 31, May 2021 मा आफुसहितको टोलीले  बिहान (05:20-08:45 ) बजे सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्न सफल भए । यति मात्र होइन खालिङले यस अघि नै २०६७/०२/०१ मा पहिलो पटक बिश्वको तेस्रो उच्च हिमाल८५८६मिटर अग्लो कञ्चनजंघाको समेत सफल आरोहण गरेका थिए ।

विद्यार्थी बचत कोष काठमाडौंको सल्लाहकार समेत रहेको खालिङले चुचुरोमा रहेकै बेला विद्यार्थी बचत कोषको झण्डा फहराएको छन् । विश्वव्यापी फैलिएको कोरोना महामारीका बेला विश्वकै अग्लो चुचुरो सगरमाथामा सफल आरोहण हुनुले अब नेपाल मध्यपूर्वी मुलुकहरुका लागि आर्कषक गन्तव्यका रुपमा खुल्यो भन्ने ठूलो सन्देश प्रवाह भएको विद्यार्थी बचत कोषकै कोषाध्यक्ष ओमप्रसाद खालिङले शिखर सन्देशलाई जानकारी दिएका छन् ।

सफल आरोहीलाई सगरमाथा जतिनै उच्च बधाई एवम् शुभकामना !!! विद्यार्थी बचत कोष

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार