सगरमाथाको शिखरमा फहरियो शिखरसन्देश

सोलुखुम्बुका आरोही टेक बहादुर खालिङले शिखरसन्देशको लोगोसहितको झण्डा सगरमाथाको चुचुरोमा पुर्‍याएका छन् । नेपालको सञ्चार क्षेत्रलाई मजबुत र सशक्त पार्दै विश्वमाझ सन्देश पुर्‍याउने उद्देश्यले झण्डा सर्वोच्च शिखरमा फहराएका छन् ।

सफलताको शुभकामनासहित झण्डा दिएको बताएका खालिङले शिखरसन्देशसहित विद्यार्थी बचत कोषका साथै अल्पाइन एक्स्कर्सन ट्रेक एण्ड एस्पीडिसन प्रा.लि. समेतको झण्डा २०७८-०२-१७ गते तदनुसार 31, May 2021 मा आफुसहितको टोलीले बिहान (05:20-08:45 ) बजे झण्डा सगरमाथाको चुचुरोमा फहराएका छन् ।

सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नं. २ राप्छामा जन्मिएका खालिङले सगरमाथा ८८४८ मि.  मात्र होइन २०६७/०२/०१ मा पहिलो पटक बिश्वको तेस्रो उच्च हिमाल ८५८६ मिटर अग्लो कञ्चनजंघाको सफल आरोहण गरेका थिए । आरोही खालिङ पेशाले ट्रेकिङ व्यवसायी हुन् उनी सफल युवा पर्यटन व्यवासायी एवम् समाजसेवी हुन् । ट्रेकिङको बेला विदेशीहरुसँग आधा दर्जन बढी हिमश्रुंखालाहरुको सफल आरोहण गरिसकेका बताउछन् ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका बेला विश्वकै अग्लो चुचुरो सगरमाथामा सफल आरोहण हुनुले अब नेपाल मध्यपूर्वी मुलुकहरुका लागि आर्कषक गन्तव्यका रुपमा खुल्यो भन्ने ठूलो सन्देश प्रवाह भएको छ ।  सगरमाथा सफल आरोहणले सिंगो खालिङ समुदाय र नेपालीको शिर उँचो मात्र बनाएनन् पर्यटन व्यवसायसमेत थप उचाईमा पु¥याएका छन् । सफल आरोहीलाई सगरमाथा जतिनै उच्च बधाई एवम् शुभकामना–शिखरसन्देश ।

खालिङ समुदायमा हालसम्म सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्ति दुधकुण्ड नगरपालिका टाक्सिन्दु निवासी चन्द्रश्वर खालिङ दोस्रो माप्य दुधकोशी गाउँपालिका वडा नं. २ का  पञ्चे खालिङ र तेस्रो आरोही माप्य दुधकोशी गाउँपालिका वडा नं. २ कै टेक बहादुर खालिङ रहेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार