सोलुखुम्बुमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–५, दियालेमा आज भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । बा ५४ प ७८२९ को २२० सिसिको पल्सर मोटरसाइकल दुर्घटनामा परि सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिका वडा नं. २ का ३० बर्षीय सुमन राईको निधन भएको सोलुखुम्बु प्रहरीले बताएका छन ।

स्थानियहरुको भनाई अनुसार शनिबार दिउँसो करिब २ बजे दुर्घटना भएको र दुर्घटनाको एकिन कारण खुल्न नसकेको र अनुसधानको क्रममा रहेको छ । मृतकका आफन्तहरु दुर्घटना स्थलमा जाने क्रममा रहेको र आफन्तहरु आईपुगे पछि सव जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले बताएका छन ।

मृतक राई युवा समाजसेवी उनी किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको सचिव मात्रै नभई सञ्चारकर्मी समेत हुन् । मृतात्मले बैकुण्ठमा शान्तिको बास पाओस् आत्माको चीर शान्तिको कामना गर्दै आफन्त र परिवारजनमा धैर्यधारण गर्ने शक्ति भगवानबाट मिलोस् । हार्दिक श्रदाञ्जली !!! – शिखरसन्देश

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार