काठमाडौंमा ख्याःल् तम्र म्योल्कम् निर्माण कार्य सुरु

खालिङ साँस्कृतिक भवन (संग्राहालय) समेत निर्माण हुने

 किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यसमिति काठमाडौंले ख्याःल् तम्र म्योलकम् (Khaling Cultural Home) का साथै खालिङ साँस्कृतिक भवन (संग्राहलय) निर्माण कार्य सुरु गरेको छ । खालिङ जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सामाग्री, भेषभूषा, गरगहना लगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षणका लागि सो निर्माण कार्यको थालिएको हो ।

करिब ३ करोड ३४ लाख बराबरको लागतमा ५ वर्षभित्र पूरा हुने गरी काठमाडौं जिल्लाको साविक साङ्ला गाविस वडा नं. २ (हाल तारकेश्वर नगरपालिका वडा नं. १) मा २ तले ख्याःल् तम्र म्योल्कम् र अढाई तले पक्की संग्रहालय निर्माण गर्न लागेको हो । सो निर्माणका लागि घडेरी सम्याउने र वाल (पर्खाल) लगाउने कार्य सम्पन्न भइ सकेको निर्माण कार्य समिति सह–संयोजक मानवीर राईले शिखरसन्देशलाई जानकारी दिए । सह–संयोजक राईले शिखरसन्देशसँग कुराकानी गर्दै भने- “निर्माणाधिन ख्याःल् तम्र म्योल्कम् तथा खालिङ साँस्कृतिक भवन (संग्राहलय) निर्माण कार्य दुई चरण हुनेछ ।”

पहिलो चरणमा- ख्याःल् तम्र म्योल्कम् निर्माण हुनेछ । जहाँ खालिङहरुको भाषा, संस्कार, संस्कृति र ऐतिहासिक मौलिक पहिचानको संरक्षण र सम्बद्र्धनका लागि ख्याःल् तम्र म्योल्कम् निर्माण हुने भएको छ । सो ठाउँमा किरात खालिङ मुन्धुमीको कार्यहरु : स्युर तम्र, मन तम्र, न्यागी तम्र आदि कार्य गर्न सकिने छ । जहाँ वरपर मुर्ति माप्य–दिक्प्प्य, ग्रोम्यलास्म्यको ऐतिहासिक मुर्ति निर्माण हुनेछ भने साँस्कृतिक परम्परागत रितिरिवाजहरुमा प्रयोग हुने क्याफ्याम्, सङ्कम्, पोःकम्, फ्योकम्, खालिङ संस्कार संस्कृति र मौलिक पहिचानसँग सम्बन्धित वनस्पतिहरु खाक्चल, क्याफ्याम्, वेल्ज्वाम्, फरम्, ग्लम्व्य, यासु, सफ, असलम्, सब्ल, तेर, थेब्री, रिस, लेङाक्सी, भोर्ला, व्योस्, चोङ्खी …. आदिको साँस्कृतिक संग्रहालय निर्माण हुनेछ ।

दोस्रो चरणमा- साँस्कृतिक भवन (संग्राहलय) निर्माण हुनेछ । जहाँ हजारौं वर्ष पूरानो खालिङ सभ्यता र मौलिक इतिहास तथा संस्कृतिसँग सम्बन्धित संग्रहालयको निर्माण हुनेछ । निर्माधिन सो ठाउँमा किरात खालिङको साँस्कृतिक, सामाजिक, आर्थिक विकाससँगसँगै पर्यटन प्रवद्र्धन समेत हुने गरी किरात खालिङ सभ्यताको अध्ययन र अनुसन्धान गर्ने केन्द्रको रुपमा ऐतिहासिक जीवित संग्राहलय (Live Museum)को निर्माण हुनेछ ।

केन्द्रीय अध्यक्ष सीता कुमारी खालिङले शिखरसन्देशसँग कुराकानी गर्दै  भने –

‘किराती सभ्यता, इतिहास, संस्कार, संस्कृति, सीप, सामाग्री देशकै अमुल्य सम्पत्ती हुन्, यी सम्पत्तीहरुलाई बचाउने दायित्व हाम्रै भएकाले ख्याःल् तम्र म्योल्कम् र खालिङ साँस्कृति भवन (संग्रहालय) बनाउन थालिएको बताए । यस ठाउँको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौं ।’ २०६८ सालमा तत्कालिन केन्द्रीय समितिले गठन गरेको “किरात खालिङ बस्ती व्यवस्थापन निर्माण समिति”ले २–१–२–० आना जग्गा संस्थालाई निःशुल्क उपलब्ध गराएको समेत अध्यक्ष राईले जानकारी दिएका छन् ।

सो कार्ययोजनाहरुलाई सम्पन्नताको लागि देश–विदेशमा रहनुभएका खालिङ÷गैर खालिङ दाजुभाइ तथा दिदीबहिनीहरु र सम्पुर्ण सरोकारवाला संघ÷संस्थाहरुसँग ख्याःल् तम्र म्योल्कम् निर्माण समिति काठमाडौंले सद्भाव र सहभागितामुलक आर्थिक सहगोगका लागि अपिल समेत गरेका छन् ।

निर्माण कार्यका झलकहरुः

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार