खालिङ मुन्धुम संकलन तथा लेखन कार्य सुरु

किरात खालिङ राई उत्थान संघले मुन्धुमी मौलिक सस्कृति, भाषा, धर्म, सस्कार, भेषभुषा, ऐतिहासिक भुगोल सहितको पहिचानको अनुसन्धान तथा संकलन कार्य सुरु गरेको छ । काठमाडौंमा थालिएको बसह सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा समेत  किरात खालिङ मुन्धुमको विषयमा प्राज्ञिक बहसको आयोजना गरिएको छ। किराती इतिहास, संस्कृति, दर्शन, भाषा लगायतका विषयका बहसलाई घनिभूत र तथ्यपरक बनाउनका लागि किरात खालिङ राई उत्थान संघ केन्द्रीय समितिको आयोजनामा मुन्धुम साँस्कृतिक विमर्श गरिएको हो।

नेपाल एक बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो । नेपाल अहिले संघियता सहतिको लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । नेपालको संविधान २०७२ ले नेपालमा बोलिने १२३ भाषा राष्ट्रिय भाषाको मान्यता दिएको छ । खालिङ एक ऐतिहासिक भुगोल, भाषा, सस्कृति र मौलिकता सहितको एक पहिचान भएकोले यस माथि अध्ययन र अनुसन्धान अत्यन्तै कम भएको छ । तसर्थ यो विषयमा खोज, अध्यान, अनुसन्धान, उत्थान, विकास, छलफल र लेखन गर्ने दायित्व स्थानिय सरकार र खालिङ समुदायको भएको छ । सन्दर्भमा यसकोखोज, अध्ययन, अनुसन्धान तथा लेखन सान्र्दभिक र वाच्छनिय देखिन्छ ।

मुन्धुम किराती जातीको अलिखित ज्ञान र सामाजिक संविधान भएकाले मुन्धुमको परिचय, महत्व र संरक्षणका विषयमा स्पष्ट बनाउन काठ्माण्डौंपछि सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा मुन्धुमी बहस आयोजना गरिएको किरात खालिङ राई उत्थान संघले जनाएको छ।

कार्यक्रममा ‘मुन्धुम के हो रु कति प्राचीन रु धर्म के हो रु किरात धर्मको विशेषता के हो रु’ भन्ने विषयमा किरात राई प्रज्ञा परिषद्का कुलपति रहेका संस्कृति अध्यता जयकुमार राई, मुन्धुम अध्यता एवं लेखक भोगिराज चाम्लिङ र अधिवक्ता विषण राईसँग अन्तरक्रिया गरिएको छ ।

किराती जातीको सभ्यता, इतिहास, प्राग्इतिहास, दार्शनिक दृष्टिकोण, साँस्कृतिक पक्ष लगायतको अध्ययनको प्रमुख आधार नै मुन्धुम भएकाले यसको प्रचार–प्रसार एवं संरक्षणका लागि चासो जगाउन प्राज्ञिक बहस गरिएको हो ।

कार्यक्रममा मुन्धुम अध्येता एबं लेखक भोगीराज चाम्लिङले मुन्धुम किराती समुदायको दार्शनिक स्रोत, सामाजिक संविधान, बसाइँसराइको मौखिक अभिलेख तथा मानव र प्रकृतिबीचको सम्बन्ध स्पष्ट पार्ने मौखिक अभिलेख भएको बताए । ‘किरातीको हजारौं वर्षअघिको इतिहास मुन्धुमको अध्ययनबाट थाहा पाउन सक्छौं । यो किरातीको अलिखित लयात्मक संग्रह हो,’ मुन्धुम अध्येता चाम्लिङले भने, ‘किरातीको उत्पत्ति स्थल, बसाई सराई हुँदै हालसम्मको विषयको अध्ययन मुन्धुमबाट मात्र सम्भव छ।’

किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले किरात धर्मभन्दा किरात सँस्कृति ठूलो भएको उल्लेख गरे । अधिवक्ता विषण राईले सुप्तुलुङ ९तीन चुल्हो० र मुन्धुमबीच अन्योन्याश्रित सम्बन्ध भएको बताए । मुन्धुम अध्येता एवं संस्कृति अध्येताले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गर्दै प्रश्नोत्तर शैलीमा अन्तरक्रिया गरिएको छ । उपत्यकाबाट थालिएको मुन्धुम सम्बन्धी प्राज्ञिक बहसलाई क्रमशः विभिन्न जिल्लासम्म पु¥याइ खोज अनुसन्धान तथा लेखन कार्य सुरु गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार