नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) परित्याग गरि सयौंका सङ्ख्यामा नेकपा (एमाले) मा प्रवेश

काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा सयौंको संख्या भन्दा बढी नेकपा (माओवादी केन्द्र) तथा नेपाली काँग्रेसका कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले) माप्य दुधकोशी गाउँपालिका कमिटिले गाउँपालिका स्तरिय भेला तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) परित्याग गरि सयौंको संख्यामा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नव प्रवेशी कमरेडहरु माप्य दुधकोशी गाउँपालिकाका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एबम् ४ नं वडा इन्चार्ज भीमबहादुर राई,जिल्ला कमिटी सदस्य एबम् ४ नं वडा कमिटी अध्यक्ष राजेन्द्र राई, जिल्ला कमिटी सदस्य एबम् वाईसीएल इन्चार्ज सारजन राई,अनेमसंघ जिल्ला कमिटी सदस्य मायादेवी राई लगायत २३३ जनाले भन्दा बढीले नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

“अहिलेसम्म हामी नेपाली काँग्रेस र माओवादीले बाँडेको सपनामा अलमिलएका रहेछौँ अब जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, बेथिती र विसंगतीमा रमाउने प्रवृत्तिको अन्त्यका लागि लोकतान्त्रिक गणतन्त्रात्मक शक्ति नै चाहिने रहेछ भन्ने महसुस भएर नेकपा (एमाले)मा प्रवेश गरेका छौँ”– पार्टी परित्याग गर्ने एक युवाहरूले शिखरसन्देशसँगको कुराकानी भने ।

गाउँपालिका कमिटी अध्यक्ष जुनिता माया मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटि सदस्य एवम् जिल्ला कमिटि निवर्तमान अध्यक्ष क. मानवीर राई, प्रदेश कमिटी सदस्य एवम् माप्य गाउँपालिका अध्यक्ष क. बुद्धिकिरण राई, नेकपा (एमाले) जिल्ला कमिटि सचिव क. आशकुमार राई (शिशिर), उपाध्यक्ष जुनितमाया मगर लगायत स्थानीय कार्यकर्ताहरुको व्यापक उपस्थिती रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै निवर्तमान जिल्ला अध्यक्ष समेत रहेको नेता क. मानवीर राईले नेकपा (एमाले) ले सधैं नयाँ पुस्तालाई हौसला हुने काम मात्र गर्छ कुनैदिन पनि एमाले प्रवेश गरेकोमा तपाईंहरुलाई पश्चाताप हुनेछैन भन्दै मुलुकको सबै समस्याको समाधानको नाम नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) भएको बताए । कार्यक्रममा नवप्रवेशीहरुलाई उपस्थित अतिथि तथा सहभागीहरुले बधाई तथा शुभकामना व्यक्त गर्दै स्वागत गरेको माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार