माप्य दुधकोशीमा “गाउँपालिका गीत” लोकार्पण सम्पन्न

माप्य दुधकोशी गाउँपालिकामा “पालिका गीत” लिरिकल भिडियो सहित सार्बजनिक भएको छ । स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको गाउँले ईन्टरटेन्टमेन्ट मिडियाले निर्माण गरेको उक्त म्युजिक लिरिकल भिडियो माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले लोकार्पण गरेका थिए ।

सम्पन्न लोकार्पण भएको उक्त “पालिका गीत”मा पर्यटन व्यवसायी द्वय राजु खालिङ र मानु खालिङको शब्द, सोलुखुम्बु कै चर्चित संगीतकार जसिहाङ राईको संगीत रहेको छ भने “संगीत प्रभाकर तथा गिनिजवुक विश्व रेकडर” पुर्ण राई, “सोलुखुम्वु आउनु है हजुर”का चर्चित गायिका जेनी खालिङ, अहिले चर्चित गीत “ए सिम्मा” का संगीतकार विशेष खालिङ, चर्चित गीत “दिलैयो जलाई” का  गायक मिलन खालिङ राई, मानु खालिङ, चर्चित साकेला गीत “सेवा स्यनमुना”का गायिका उर्मिला खालिङ, मनिशा राई, वलकुमार राई, याेगेश्वर खालिङले स्वर भरेको छन् ।

यस गीतमा सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको सबै जातजाति, भेषभुषा, धर्म संस्कार, संस्कृति, विकास, खेलकुद र प्रकृतिक सम्पदाहरुलाई समेटेर शब्द रचना गरिएको भन्दै लिरिकल छायांकन समेत गरिएको यस गानको पुुुर्ण रुपमा म्युजिक भिडियो गाउँपालिकासँगको समन्वयमा छिट्टै निर्माण हुने शब्द रचनाकार राजकुमार खालिङले शिखर सन्देशलाई जानकारी दिएका छन् ।

औपचारिक कार्यक्रम आयोजना गरेर सार्बजनिक गरिएको उक्त लोकार्पण कार्यक्रम गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यमा भएको थियो भने पालिकाको ७ वटै वडाध्यक्ष र प्रतिनिधि, शिक्षक, बुद्धिजीवि र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । लोकार्पण संगै मन्तव्य राख्ने क्रममा अध्यक्ष राईले गाउँपालिका गीत स्थानीय स्तरमै बन्नु पालिका कै गौरवको कुरा रहेको भन्दै अबका दिनमा यस्ता गहनालाई उचाइमा पुर्याउन पालिकाले आफ्नो बार्षिकमा बजेट नै छुट्याइने कुरामा जोड दिएका थिए । मन्तव्य राख्ने क्रममै अध्यक्ष राईले यस गीतका सम्पुर्ण कलाकार टिमलाई बधाइ एवम् धन्यवाद समेत व्यक्त गरेको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार