तिहार बिशेष कार्यक्रममा १०१ कलाकारहरुको बेजोड प्रस्तुति

दुईवटा संस्थाद्वारा आयोजित तिहार बिशेष कार्यक्रममा १०१ कलाकारहरुको बेजोड प्रस्तुति

  अजय अलङकार रोतेम्बु

नेपालीहरुको महान चाड तिहार २०७८ को विशेष अवसरमा भिमु मेमोरियल ट्रष्टको संयोजन साथै खोटाङ सेवा समाज युकेको आयोजनामा काठमाडौंको सिनामंगलस्थित ट्रष्टका संस्थापक अध्यक्ष जानुका राईकै घरमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको छ ।

सम्पन्न कार्यक्रमको अध्यक्षता नेपालबाट ट्रष्टका अध्यक्ष जानुका राईले गरे भने बेलायतबाट खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईले गरेका थियो। सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पुर्ब अध्यक्ष बर्तमान संरक्षक तथा वरिष्ठ लोक दोहोरी गायक प्राज्ञ प्रजापति पराजुली, विशेष अतिथि खोटाङ सेवा समाज युकेको उपाध्यक्ष भाज्ञवती राईका साथै अन्य बुद्धिजीवि, समाजसेवी, कलाकारहरुको विशेष उपस्थितिमा भव्यरुपमा कार्यक्रम सम्पन्न भएको थियो।

तिहारको उपलक्ष्यमा आयोजित कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई चरणमा भएको थियो। औपचारिक कार्यक्रममा सभाध्यक्ष भिमु मेमोरियल ट्रष्टका अध्यक्ष राईले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य बारे जानकारी गरेको थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले भने भिमु मेमोरियल ट्रष्ट र खोटाङ सेवा समाज यी दुई संस्थाको नाम र ब्यानर फरक रहेपनि काम भने स्थापना कालदेखि नै समाजिक सेवामा नै योगदान पुर्याउदै आएको छ । आगामी दिनहरूमा पनि भिमु मेमोरियल ट्रष्टले निरन्तर सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।

कार्यक्रममा उपस्तिथित सबैलाई तिहारको शुभकामना व्यक्त गर्दै बेलायत निवासी खोटाङ सेवा समाज युकेका उपाध्यक्ष एवम् कार्यक्रमका बिशेष अतिथि भाज्ञवती राईले नेपाल आएकै बेला संयोगबस कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे। खोटाङ सेवा समाजले खोटाङका नागरिकलाई कोरोना भाईरसको कारण नेपालमा भएको दुईवटा लकडाउनमा समेत अक्सिजन लगायतका थुप्रै विभिन्न स्वास्थ सामाग्री सहयोग गरेको समेत जानकारी दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पुर्ब अध्यक्ष बर्तमान संरक्षक तथा वरिष्ठ लोक दोहोरी गायक एवम् कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ प्रजापति पराजुलीले कार्यक्रमलाई सम्बोधन गर्दै यस कार्यक्रमले विभिन्न गीत, सङ्गीत, कला र साहित्यको माध्यमबाट पुर्बी र पश्चिमको श्रष्टालाई जोड्ने सकारात्मक पुलको काम गरेको बताए। औपचारिक कार्यक्रम समापन भएसंगै खोटाङ सेवा समाज युकेले  औपचारिक भर्चुअल कार्यक्रम शुरु गरेका थिए । यता नेपालबाट जानुका राईको अध्यक्षतामा चलिरहेको औपचारिक कार्यक्रम समापन भएसंगै खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईको अध्यक्षतामा औपचारिक भर्चुअल कार्यक्रम भएको थियो । भर्चुअल कार्यक्रमलाई खोटाङका थुप्रै ब्यक्तिहरु “कृषि बैज्ञानिक” मदन राई, सु-प्रसिद्ध गायक “राई ईज किङ” राजेश पायल राई समेतले सहभागी जनाएका थिए।

औपचारिक भर्चुअल कार्यक्रमको समापन गर्दै अध्यक्ष डा. प्रमोद कोयी राईले आफूहरु प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे । आगामी दिनहरूमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी बेलायतमा डाक्टरी पेशामा समेत आबद्धता रहेको छन् ।

औपचारिक कार्यक्रम सकिए लगत्तै अनौपचारिक साङगीतिक कार्यक्रमलाई लोकप्रिय गायिका एवम् समाजसेवी मेनुका राईले समन्वय गर्नुभयो । कार्यक्रममा लोकप्रिय कलाकारहरु प्राज्ञ शान्तिराम राई, मेनुका राई, पार्बती राई, राई नवीन, रुप कुमार राई, फुलन्देकी आमा (उमेश राई) बिक्रम राई, देबेश राई, बबिना किराँती, रेवत राई, पार्बन राई (राई बुढा) मनिता राई, सशिकला राई र अनिल कोयी राई लगायतको बेजोड प्रस्तुतिले माहौल संगितमय बनेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार