नेकपा एमाले माप्य दुधकोशी गाउँपालिका कमिटी अध्यक्षमा महिलाको नेतृत्व

सोलुखुम्बु जिल्लाको नेकपा एमाले माप्य दुधकोशी गाउँपालिका कमिटीको प्रथम गाउँ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट अध्यक्ष पदमा जुनितामाया मगर सर्बसम्मत चयन भएका छन् ।

प्रथम गाउँ अधिबेशनबाट गाउँपालिका कमिटी अध्यक्ष चयन भएसंगै गाउँपालिकामा पार्टीको नेतृत्व गर्ने एकमात्र सक्रिय महिला बन्न पुगेका छन् । कुनैपनि राजनीतिक दलहरुका स्थानीय तहमा हालसम्म सोलुखुम्बुमा  महिला अध्यक्ष भएका छैनन् । अध्यक्ष मगर गत स्थानीय तहको निर्बाचनमा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष समेतमा निर्बाचित हुन ।

अधिबेशनले उपाध्यक्षमा अर्बिन राई, सचिवमा हाकिमध्वज राई, उपसचिबमा द्वय साङ्गे शेर्पा र चन्द्र बहादुर राईलाई चयन गरेको नेकपा एमाले माप्य दुधकोशीले जनाएको छ । अधिबेशनले वडा नंं. १, २, ३, ४, ५, ६ र ७ को वडाध्यक्षमा क्रमशः भक्तबहादुर राई, चतुरमान राई, लोकजीत कार्की, याकर राई, हिमाल तामाङ, दलबहादुर राई र रमेश राई निर्बाचित भएको अध्यक्ष मगरले बताएका छन् ।

कार्यक्रममा प्रमुख आतिथि नेकपा एमाले प्रदेश नं. १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी तथा प्रदेश कमिटी सदस्य मानबीर राईको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो । अधिबेशनको उद्घाटनसत्रमा राजभण्डारी र राईका अलवा प्रदेश कमिटी सदस्य बुद्धिकिरण राई, जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, जिल्ला कमिटी उपाध्यक्ष हर्क बहादुर राई, सचिब शिशिर खालिङ, सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख कल्पना राई र राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष प्रवेश किराँती लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोलुखुम्बु अन्य स्थानीय तहमा भने एमालेले यस अघि नै अधिबेशन सम्पन्न गरेको थियो । सबै स्थानीय तहमा एमालेले सर्बसम्मत रुपमा नेतृत्व छनौट गरेको अध्यक्ष मगरले शिखरसन्देशलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार