एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा बिहानैदेखि चहलपहल

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थलमा बिहानैदेखि नेता तथा कार्यकर्ताहरुको चहलपहल बढेको छ । नारायणगढको नारायणी नदी किनारमा कार्यक्रम सम्पन्न हुन गइरहेको छ ।

विभिन्न ठाउँहरुबाट महाधिवेशनमा भाग लिन आउनेहरूको संख्या लाखौ पुग्ने अनुमान गरिएको छ भने आज दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनको उद्घाटन अगाडि विभिन्न ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउनेहरुका लागि  पार्किङ गर्ने व्यवस्था गरिएको छ ।महाधिवेशन उद्घाटनमा व्यापक जुलुसमा नाराबाजीसहित सहभागी हुने कार्यक्रम रहेको छ।

Foto: Facebook

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार