जिल्लाकै सर्वोच्च स्थानमा निर्माणधिन “रंगाशाला” माप्य दुधकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सोलुखम्बु जिल्ला माप्य दुधकोशी गाउँपालिकाको १२ औ रास्ट्रपति रनिङ शिल्ड, वडा स्तरीय महिला तथा पुरुष भलिबल र गा.पा. स्तरीय फुट्बल प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मंगलबार देखि प्रतियोगिता सुरु भएको हो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा स्थानीय तहस्तरीय प्रतियोगिता आयोजक समिति माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुद्वारा आयोजित प्रतियोगिताको उद्घाटन सोलुखुम्बु जिल्लाको प्रदेश (ख) माननीय बुद्धिकुमार राजभण्डारीले गरेको हो ।

प्रतियोगितामा माप्य दुधकोशी गाउँपालिकाभित्र रहेका नवै वटा वडा र वडा भित्रका विद्यालयहरुबाट विभिन्न विधाको प्रतियोगिताका लागि सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा सहभागीहरुले लामवद्द भएर राष्ट्रिय झण्डा र आफ्नो पहिचान अंकित झण्डा लिएर मार्चपास प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा भलिबल, कबर्डी, एथ्लेटिक्स र सोलुखुम्बु खुल्ला पालिका स्तरिय फुटबल प्रतियोगीत, माप्य दुधकोशी अन्तर वडा स्तरीय महिला पुरुष भलिवल प्रतियोगीता र डवल ब्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जनाएको छ । माप्य दुधकोशी गाउँपालिका–३ स्थित तेन्दुको निर्माणाधिन रंगशालामा खेलहरु संचाल भइरहेका छन् ।

खेलाडीहरुले नै राष्ट्रको नाम विश्वमा चिनाउन सक्ने र नियमित रुपमा खेल खेल्दा स्वस्थ भइने भएकाले ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नारा अगाडी बढेको भनाइ राख्दै कार्यक्रमका प्रमुख अतिथि माननीय बुद्धिकुमार राजभण्डारीले खेल खेल्दा खेलाडीले अनुशासन भएर खेल्नु पर्ने बताए बताए ।

देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहहरुमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भइरहेका छन् । स्थानीय स्तरबाट उत्पादन हुने खेलाडिहरु राष्ट्रको गहना भएकाले देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भुमिका हुने र खेलाडीहरु राष्ट्रको गहना भएकोले हामीले खेलहरु नियमित रुपमा खेल्नुपर्ने माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताए ।

अध्यक्ष राईले ‘माप्य दुधकोशीमा पनि दक्ष खेलाडी उत्पादन गर्नु आबश्यक छ । र खेलाडीहरुलाई मध्य नजर गर्दै माप्य दुधकोशीको रङशाला निर्माण भएको जानकारी गराउँदै कार्यक्रममा नेकपा एमाले सोलुखुम्बुका केन्द्रीय सदस्य मानबीर राई, नेकपा एमालेका जिल्ला उपाध्यक्ष हर्क नाछिरिङ, नेकपा माओवादी प्रदेश कमिटी सदस्य गौरब राई, माप्य दुधकोशी गाउपालिका जनप्रतिनिधी, विभिन्न पार्टि प्रतिनिधि र विद्यालयका प्रधानाध्यापक शिक्षक, विद्यार्थी र स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको समेत अध्यक्ष राईले शिखरसन्देशलाई जानकारी दिए ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार