नेकपा (माओवादी केन्द्र) को प्रशिक्षण कार्यक्रम सम्पन्न, कांग्रेस र एमाले परित्याग गरि ४० भन्दा बढी सङ्ख्यामा पार्टी प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माप्य दुधकोशी–काठमाडौं सम्पर्क समन्वय समितिको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमको सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मा. हेम कुमार राई (सुरवीर)ले भने – “नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सातवटै प्रदेशमा प्रशिक्षण र स्थानीय तहमा संगठन विस्तार अभियान र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । हामीले मूलतः पार्टीको तत्कालीन नीति र दृष्टिकोण प्रस्ट्याउने काम गर्दै आएका छौं ।”

सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य मा. हेम कुमार राई (सुरवीर) प्रमुख अतिथि तथा पार्टी केन्द्रीय सदस्य राजेन्द्र बस्नेत, सोलुखुम्बु जिल्लाको पार्टी संयोजक गोम्बु शेर्पा (कर्ज्याङ), १ नंं. प्रदेश कमिटिका सदस्य असिम राई लगायतको आतिथ्यता रहेको थियो ।

सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको क. रमेश कार्कीको नेतृत्वमा ३ दर्जन भन्दा बढी युवाहरु विभिन्न पार्टी परित्यग गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन् । नव प्रवेशिकाहरुलाई पार्टी केन्द्रीय सदस्य मा. हेम कुमार राई ’शूरवीर’ लगायतका नेतृत्वहरुले स–सम्मान पार्टी आबद्धतामा स्वागत गरेका थिए ।

माप्य दुधकोशी–काठमाडौं सम्पर्क समन्वय समितिले किराती नयाँ वर्ष यलेदुङ ५०८२ र माघे सक्रान्तिको पावन अवसरसँगै आयोजना गरेको हो ।

Foto credit : Ganesh Kumar Rai @ wallpaper

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार