माप्यमा निर्माणाधिन रंगशालाको अवस्था

जिल्लाकै सर्वोच्च स्थान निर्माणाधिन रंगशालाको काम तीब्रताका साथ अगाडी बढेको छ । सो रंगशाला सगरमाथाको मुख्य प्रवेशद्वार सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. ४, काँकुस्थित कोर्कुमा रहेकोछ ।

करिब ३५ घरधुरी स्थानीयबासीहरुले उपलब्ध गराएको लगभग २ सय ७० रोपनीभन्दा बढी जग्गामा रंगशाला निमार्णको काम तीव्र रुपमा बनिरहेको छ । संघीय सरकारले आर्थिक वर्षको बजेट भाषणबाट एक गाउँपालिका एक खेल मैदान निमौण गर्ने योजना अगाडि बढाएसँगै खेलकुद विकासका लागि सरोकारवालाहरु जोडिन थालेका छन् । प्रदेश सांसद मा. बुद्धि कुमार राजभण्डारीले पालिकाले तयार पारेको डिपिआरलाई प्रदेश सरकारले रकम विनियोजन गरेर पूर्णता दिने बताएका छन् ।

माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले भने – ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका एकै पटक धेरै खेलहरु जस्तैः ब्याडमिन्टन, भलिबल फुटबल लगायतका खेल सञ्चालन गर्ने योजनाका साथ काम अगाडि बढीरहेको जानकारी गराएका छन् । निर्माणाधिन अवस्थामा रहेसँगै माप्य दुधकोशी गाउँपालिकाको १२ औ रास्ट्रपति रनिङ शिल्ड, वडा स्तरीय महिला तथा पुरुष भलिबल र गाउँपालिका स्तरीय फुट्बल प्रतियोगिता आयोजना गरि खेलमैदानलाई उद्घाटन गरिएको छ । निर्माणाधिन रंगशाला स्थानिय र गाउँपालिकाको समन्वयमा नमुना रंगशाला बन्नेछ । रंगशाला निकट भविष्यमै सु–सम्पन्न गरि वृहत रुपमा भव्यताका साथ उद्घाटन हुने अध्यक्ष राईले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार